२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका १० जनाको ‘मुद्दा लगाउमा राख्न उच्चको आदेश

Logo
प्रकाशित बिहिबार, साउन ३२, २०८०

(ABC-Sanchar)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको ‘मुद्दा लगाउ’मा राख्न आदेश दिएको छ । उक्त मुद्दामा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वमन्त्री टोपबहादुर रायमाझीसहितले मुद्दा पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्च अदालत पाटनले बालकृष्ण र टोपबहादुरको निवेदनसँगै बिहीबार सुनुवाइ भएका दशै जनाको अर्को पेशी एकैपटक पेश गर्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइ भएको थियो । उक्त सुनुवाइपछि बाँकी प्रतिवादीले पनि जिल्ला अदालत काठमाडौंको फैसला पुनरावलोकन गर्न निवेदन गरेको देखिएकाले एकैपटक पेश गर्न आदेश दिएको हो ।

थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उनीहरु उच्च अदालत पाटन पुगेका थिए । बालकृष्ण र टोपबहादुरलगायतको निवेदन भने पेसीमा चढेको छैन ।

बिहीबार निलम्बित सचिव टेकनारायण, पूर्वसुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया र गोविन्द चौधरीको निवेदनमाथि सुनुवाइ सकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]