२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

विमान सडकमा ठोक्किँदा दुर्घटना हुँदा १० जनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, भाद्र ०१, २०८०


(ABC-Sanchar)
क्वालालम्पुर । मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् ।

स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भने, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार एक–एक जना गरी १० जनाको मृत्यु भएको छ ।” मृत्यु हुनेमा मध्य पाहाङ राज्यका आवास तथा वातावरण हेर्ने राज्य सभा सदस्य जोहरी हारुन पनि रहेको प्रहरीले जनाएको छ ।

मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेको जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो । हवाई दुर्घटनाबारे ब्युरोले तत्बाल अनुसन्धान सुरू गर्ने उनले बताए ।

मलेसियाली वायु सेनाका पूर्व सदस्य मोहम्मद स्याहमी मोहम्मद हाशिमले भने, “विमान अनियमित रुपमा उडिरहेको आफूले देखेको र त्यसको केही समयपछि ठूलो आवाज सुनिएको थियो ।” उनले भने, “म घटनास्थलतर्फ गएँ र एउटा विमानको अवशेष देखेँ । मैले एउटा मानव शरीरमा आगो लागेको पनि देखें । तर आगो जलिरहेकोले मैले केही गर्न सकिनँ ।”

अन्य प्रत्यक्षदर्शीका अनुसार विचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगर नजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो । विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ ।

एक्स (ट्वीटर) का एक प्रयोगकर्तामार्फत् दुर्घटना स्थलबाट आगो र कालो धुवाँ निस्केको एक छोटो भिडियो सार्वजनिक भएको छ । भिडियोमा भग्नावशेष चारैतिर छरिएको थियो र पृष्ठभूमिमा घरहरू देख्न सकिन्थ्यो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]