०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

सुदूरपश्चिममा प्रहरीले लागुऔषधविरुद्ध युवा लक्षित महाअभियान थालेयो

Logo
प्रकाशित शनिबार, भाद्र ०२, २०८०

ABC (क्राईमबिट)
धनगढी । प्रदेश प्रहरीका प्रमुख डिआईजी भरतबहादुर बोहराले लागुऔषधविरुद्ध युवा लक्षित महाअभियान थालिएको जानकारी दिए। उनका अनुसार लागुऔषध दुर्व्यसनमा संलग्न युवाहरूको संख्या बढ्न थालेपछि प्रहरीले महाअभियान थालेको हो।

सो अभियानमा लाग्न प्रेरित गर्न प्रहरीले आफैं कलेजहरूमा गएर कक्षा लिन थालेको छ। कलेजबाट सुरु भएको सो महाअभियान वडा हुँदै घरसम्म पुगाइने बोहराले बताए। लागुऔषधका जालो भत्काउन यस्तो अभियान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। लागुऔषध मुद्दामा आर्थिक वर्ष २०७६\७७ मा २७० जना पक्राउ परेका छन्।

यस्तै, आर्थिक वर्ष २०७७\७८ पक्राउ पर्नेको संख्या बढेर ३९४ पुगेको छ। आर्थिक वर्ष २०७८\७९ मा ५६३ जना लागुऔषध मुद्दामा पक्राउ परेकामा गत आर्थिक वर्ष २०७९\८० मा पक्राउ पर्नेको संख्या ह्वात्तै बढेर ८५६ जना पुगेको छ।

सुदूरपश्चिममा चालु आर्थिक वर्षमा हरेक दिन लागुऔषध ओसारपसार र प्रयोग गरेको घटनामा पक्राउ पर्नेको संख्या वृद्धि भएको प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए। प्रहरीको तथ्याङ्कले लागुऔषध दुर्व्यसनमा १६ देखि २० वर्ष उमेर समूहको संख्या अत्यधिक देखिएको छ। लागुऔषध विरुद्धको महाअभियान प्रहरीको मात्रै नभएर समुदायसँगको साझेदारी भएको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!