०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

Logo
प्रकाशित शनिबार, भाद्र ०२, २०८०


(ABC-Sanchar)
काठमाडौं । काभ्रेपलान्चोकमा पछिल्ला केही वर्षदेखि सम्बन्ध विच्छेदन गर्ने विवाहित जोडीको सङ्ख्या बढ्दैगएको छ । शारीरिक तथा मानसिक यातना दिएको तथा खान लगाउन नदिएको वा घरबाट निकाला गरेको लगायतका विभिन्न कारण देखाउँदै सम्बन्ध विच्छेद्य गर्ने विवाहित जोडिएको सङ्ख्या बढेको काभ्रेपलाञ्चोक अदालतको तथ्याङ्कले देखाएको हो ।

अदालतका सूचना अधिकारी अप्सरा चापागाईँले पछिल्ला केही वर्षदेखि अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेको बताउनुभयो । उहाँले अदालतमा आर्थिक वर्ष २०७६/७७ देखि आ.व. २०७९/८० सम्ममा बर्सेनि सम्बन्ध विच्छेदका मुद्दा गर्नेको सङ्ख्या बढ्दैगएको बताउनुभयो ।

अदालतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा अदालतमा सम्बन्ध विच्छेदका २९३ मुद्दा दर्ता भएको थियो भने आ.व. २०७७/७८ मा ३८८ वटा, आ.व. २०७८/७९ मा ६ सय र गत आ.व. २०७९/८० मा अदालतमा ६५९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ ।

सूचना अधिकारी चापागाईँले अदालतमा सम्बन्ध विच्छेदका लागि आउने जोडीहरूका भित्री कारण जे–जे भए पनि अधिकांशले शारीरिक तथा मानसिक यातना दिएको, खान, लगाउन नदिएको तथा घर निकाला गरेको कारण सम्बन्ध विच्छेद्य गर्न लागेको उत्तर आउनेगरेको बताउनुभयो ।

उहाँले अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामध्ये आ.व. २०७६/७७ मा अदालतमा दर्ता भएका मुद्दामध्ये २०४ वटा, आ.व. २०७७/७८ मा २७२ वटा, आ.व. २०७८/७९ मा ४५३ र गत आ.व.मा ५३८ वटा मुद्दाको फर्स्यौट गरेको बताउनुभयो । अदालतमा बर्सेनि सम्बन्ध विच्छेदको मुद्दाको चाप बढेपछि दुई वर्षअघि जिल्ला अदालतले आ.व. २०७४/७५ देखि २०७७/७८ मा अदालतमा दर्ता भएका एक हजार ६ वटा मुद्दाको अध्ययन गरी सम्बन्ध विच्छेद्य गर्नुको कारण, सम्बन्ध विच्छेदको मुद्दा फर्स्यौटको अवधि, सम्बन्ध विच्छेद्य गर्ने महिला–पुरुषको अनुपात, उमेर समूह, जातजातिको स्थिति, नाबालकको संरक्षणको काम लगायतको बारेमा अध्ययन गरेको थियो ।

दुई वर्षअघि अदालतले गरेको अध्ययनले विशेषगरी शारीरिक तथा मानसिक यातना दिएको, खान लाउन नदिएको, घरबाट निकाला गरेको, अन्य महिला तथा पुरुषसँग यौन सम्बन्ध राखेको तथा पत्नीलाई जबरजस्ती करणी गरेको कारण देखाउँदै सम्बन्ध विच्छेद्य गर्नेगरेको देखाएको थियो ।

पछिल्लो समय सम्बन्ध विच्छेदको अर्को कारणको रूपमा वैदेशिक रोजगारी पनि रहेको पाइएको छ । वैदेशिक रोजगारीका श्रीमान् वा श्रीमती गएपछि श्रीमानले अर्को श्रीमती ल्याउने तथा श्रीमती अर्कै केटासँग विवाह गरेर जाने गरेका कारण पनि सम्बन्ध विच्छेद्य हुनेगरेको अदालतका प्रतिनिधिहरूको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!