२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बुटवलमा मिडिया सम्मेलन बिना दर्ता चल्ने अन्लाईनलाई दर्ता प्रतिक्रियामा ल्याउन जोड

Logo
प्रकाशित शनिबार, भाद्र ०२, २०८०

(ABC-Sanchar)
बुटवल । जारी पा्रदेशिक सम्मेलनमा विज्ञापन वितरण प्रणालीलाई नीतिगतरुपमा व्यवस्था गरी कार्यान्वयन गर्न माग गरेको छ । सम्मेलनले सञ्चारगृहमा हाल देखिएको आर्थिक सङ्कट समाधानका लागि तीनै तहका सरकारले मिडिया सवलीकरणका कार्यक्रम सञ्चालन गर्न पनि माग गरेको छ ।

प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीको आयोजनामा शुक्रबारदेखि गरिएको सम्मेलनले आज लुम्बिनी केबलकारको टपस्टेशन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरबाट १३ बुँदे वसन्तपुर घोषणापत्र–२०८० जारी गरेको हो ।

सम्मेलनबाट जारी घोषणापत्रमा तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापन सिधै सञ्चारगृहलाई उपलब्ध गराउने व्यवस्था मिलाउनसमेत माग गरिएको छ ।

यस्तै घोषणापत्रमा सरकारले लिँदै आएको विद्युतीय सञ्चारमाध्यमको नवीकरण दस्तुर तथा रोयल्टी दस्तुर पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाइन, छापामाध्यम तथा सञ्चार उद्योगको विद्युत् महशुलमा छुटको व्यवस्था अविलम्ब सुरु गर्न माग गरिएको छ ।

सरकारले सञ्चार गृहलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत वृद्धि गर्न, रेडियो र टेलिभिजनको लाइसेन्स नवीकरण व्यवस्थालाई सरल र सहज बनाउन, दर्ताविना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानुनी दायरामा ल्याउन, सङ्घीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापनसम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनले प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा ब्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई विशेष प्राथमिकताका साथ सहयोग गर्न अनुरोध गरिएको छ ।

यस्तै बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति सहरका रुपमा विकास र निजी क्षेत्रलाई प्रदेशस्तरमा पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसँग माग गरिएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]