२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

पाकिस्तानमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु १५ जना घम्भिर घाइते

Logo
प्रकाशित आइतबार, भाद्र ०३, २०८०


(ABC-Sanchar)
काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबासमा आगो सल्केको थियो।

फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याएका थिए।

उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए।

दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट सङ्घीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो। दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । केन्यामा अल निनो वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा ४६ जनाको मृत्यु भएको हो । हजारौँ विस्थापित भएका छन् । सबैभन्दा बढी पभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् । केन्या सरकारले गारिसा, कितुई ताना नदी नामक तीन काउन्टीहरूमा […]

  (ABC-Sanchar) काठमाडौं । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ । इजराइली र प्यालेस्टिनी अधिकारीहरूले गाजा सहरको अल–शिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन् । इजराइल डिफेन्स फोर्स (आइडिएफ) […]

  (ABC-Sanchar) काठमाडौं । अमेरिकी सेनाले पूर्वी भूमध्यसागरमा भएको हेलिकप्टर दुर्घटनामा आफ्ना पाँच सैनिकको मृत्यु भएको जनाएको छ । अमेरिकी सेनाका अनुसार यो हेलिकप्टर नियमित प्रशिक्षण अभ्यासका क्रममा इन्धन भर्ने क्रममा दुर्घटनामा परेको थियो । इजरायल र हमासबीच युद्ध सुरु भएदेखि नै अमेरिकाले यस क्षेत्रमा आफ्नो गतिविधि बढाएको छ। सामाजिक सञ्जाल साइट ‘एक्स’ मा श्रद्धाञ्जली […]