०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

सशस्त्र प्रहरी बाराले २ बच्चा चोरी गरी भारततर्फ लैजादै गरेका १ जना पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र ०४, २०८०

ABC (क्राईमबिट)

बारा । सशस्त्र प्रहरी नेपाल बाराले आज बच्चा चोरी गरी भारततर्फ लैजादै गरेको २२ बर्षे ताबरेज आलमलाई पक्राउ गरेका हो ।

बारा देवताल गाउँपालिका वडा नम्बर ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र प्रेमचन्द्र महत्तोको छोरा २ बर्षे सत्यम कुमार महत्तोलाई पुर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधापुर बस्ने आलमलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेक्वा बारा मातहत बिओपी दक्षिणझिट्कैयाले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) टोप बहादुर डाँगीले भने “आलमले चोरी गरी बोरामा राखी भारत तर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनि सशस्त्र प्रहरी नायव निरीक्षक मिलन श्रेष्ठको कमाण्डमा खटिईगएको टोलीले शंका लागी चेक जाँच गर्दा बोरामा बच्चाहरु फेला परेको हो ।” एसपी डाँगीले भने “बच्चाहरुलाई उद्धार गरी निजका अभिभावकलाई जिम्मा लगाईएको र चोरी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाईएको छ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!