०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

भुटानी सरणार्थी प्रकरणमा भुमिका खल्ने कार्कीको सरुवा काठमाडाैंको कमाण्डको जिम्मेवारी खत्रीलाई

Logo
प्रकाशित सोमबार, भाद्र ०४, २०८०

 

ABC (क्राईमबिट)

काठमाडाैं । कुनै पनि अपराध कर्म गर्ने जो सुकैलाई कानूनको कठघरामा उभ्याउने भन्दै चर्को भाषण गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार नेपाली नागरीकलाई भुटानी सरणार्थी बनाई अमेरिका लैजाने प्रकरणमा सकृय अनुसन्धानमा सकृय दुई एसएसपीलाई सरुवा गरेका छन् ।

मन्त्रीस्तरीय निर्णयबाट आज जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रमुख दानबहादुर कार्कीलाई महानिरीक्षकको सचिवालयमा सरुवा गरेर उनका ठाँउमा एसएसपी भुपेन्द्र खत्रीलाई सरुवा गरिएको छ ।

त्यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका डा‍. मनोज केसीलाई प्रहरी प्रधान कार्यालय सरुवा गरेर उनका ठाँउमा सुरक्षा परिषदमा रहेका एसएसपी सोमेन्द्र सिंह राठाैरलाई ल्याइएको छ । सुरक्षा परिषदमा सानुराम भट्टराईलाई सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!