०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

विराटनगरको अस्पतालमा जन्मेको (शिशु) चिकित्सकहरुले बेचेको खुलासा ६ जना पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र ०६, २०८०

(ABC-Sanchar)
बिराटनगर । अस्पतालबाटै बिक्री गरिएको नवजात शिशुलाई प्रहरीले मोरङको कटहरी गाउँपालिका-२ मा जीवितै फेला पारेको हो। प्रहरीका अनुसार शिशुलाई गत असार १४ गते जन्मनसाथ अस्पतालबाटै गायव पारिएको थियो।

अन्दाजी ४६ वर्षीया दिलमाया राजवंशीको घरबाट मंगलबार साँझ ५:३० बजेतिर बच्चालाई सकुशल उद्धार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले बच्चा बिक्री गरेको खुलेको छ।

अस्पतालबाटै बच्चा गायव पारिएको विषय बाहिरिएपछि घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए। प्रहरीका अनुसार दिल
पक्राउ परेका सबै जनाविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइसकिएको डीएसपी दाहालले बताए। उनका अनुसार डा. तपेश्वरलाई कोसी अस्पतालले मंगलबार डिस्चार्ज दिएको छ। अस्पतालबाट डिस्चार्ज हुनसाथ प्रहरीले उनलाई हिरासतमा लिएको छ। बच्चा गायव पारिएको गम्भीर घटनामा अनुसन्धान गर्न असहयोग गरेपछि कोसी अस्पताल र चिकित्सकलाई पनि प्रहरीले मुद्दामा प्रतिवादी बनाउने तयारी गरेको थियो।

बिहे नभएकी २६ वर्षीया युवतीले ‘नर्मल डेलिभरी’मार्फत ग्रीनक्रस अस्पतालमा असार १४ गते नवजात शिशु (छोरी) जन्माएकी थिइन्। प्रेमी भोजपुरको हतुवागढी गाउँपालिका-४ घर भएका २७ वर्षीय गोविन्द राईसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो। उनीबाट भोलिपल्ट जन्मिएको शिशुलाई त्यही दिन बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोविन्द र युवती २ वर्षदेखि प्रेम सम्बन्धमा थिए। बिहे गर्ने प्रलोभन देखाएर गर्भवती बनाएपछि गोविन्दले युवतीलाई बच्चा जन्माउने भनेर विराटनगर ल्याएका थिए। सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लिएर गएका थिए।
उक्त क्लिनिक प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरकै हो।

आफ्नो क्लिनिकमा परीक्षण गरिसकेर पैसामा कुरा मिलाएपछि युवतीलाई उनले प्रसूतिका लागि ग्रीनक्रस अस्पताल लगेका थिए। वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ। अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी-११ उल्लेख छ। ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई डिस्चार्ज दिएर पठाइएपनि बच्चा भने जिम्मा नलगाएको डीएसपी दाहालले बताए।

अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले सुनसरीको इटहरी लिएर गएको युवतीले बताएकी छन्। इटहरी लगेर होटलमा राखेपछि गोविन्दले छाडेर हिँडेको र सुत्केरी अवस्थाकी आफू अलपत्र परेको गुनासो युवतीको छ। ‘बच्चा खोइ भनेर सोध्दा उहाँ (गोविन्द)ले अस्पतालमै छ भन्नु भयो। दुई दिनपछि मलाई अलपत्र छाडेर हिँड्नु भयो,’ उनले भनिन्, ‘त्यसपछि सुनसरीकै सोनापुरमा कोठा भाडामा लिएर बसें। उहाँ सम्पर्कविहीन हुनु भयो।
उनले आफूले जीवितै जम्माएको बच्चा नर्सहरूले लिएर गएको र डिस्चार्ज गर्दा जिम्मा नदिएको बताइन्। चिकित्सकसँग मिलेमतो गरेर गोविन्दले बच्चा गायव बनाएको भन्दै ती युवतीले साउन ३२ गते मोरङ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले बच्चा सकुशल फेला पारेको हो।

डा. तपेश्वरले भने ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा अभिभावकलाई बुझाइसकिएको दाबी गर्दै आएका थिए। तर, पक्राउ परेका गोविन्द र बच्चाकी आमा (युवती)ले बच्चा आफूहरूसँग नरहेको बताए। युवतीले भने प्रसूतिका लागि डा. तपेश्वरलाई ३५ हजार रुपैयाँ तिरेको पनि बताइन्। ‘सुरुमा ५० हजार मागेका थिए। पछि ३५ हजारमा कुरा मिल्यो,’ उनले भनिन्।

ग्रीनक्रस अस्पतालका अध्यक्ष कृष्ण खवासले भने तौल कम र स्वास्थ्य अवस्था नाजुक रहेकाले थप उपचारका लागि शिशुलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको बताएका थिए। उनका अनुसार जन्मदा शिशुको तौल ९ सय ५० ग्राम मात्रै थियो।

डा. तपेश्वरमाथि विगतमा पनि बच्चा बेचेको आरोप

कोसी अस्पतालका पूर्वमेसुसमेत रहेका ६८ वर्षीय डा. तपेश्वरमाथि विगतमा पनि बच्चा बिक्री गरेको आरोप लागेको छ। अविवाहित युवती तथा अवैध गर्भबाट जन्मिएको बच्चा मोटो रकम लिएर सन्तानविहीन दम्पतीलाई बिक्री गर्ने गरेको आरोप उनीमाथि लागेको हो।

प्रहरीले पृष्ठभूमिसमेतलाई आधार बनाएर उनीमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार उनी लामो समयदेखि यो धन्दामा संलग्न रहेको पाइएको छ। ‘अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अविभावकबाट समेत रकम लिने गरेको पाइयो। शिशुलाई मोटो रकम लिएर सन्तान नभएकालाई बिक्री गर्ने गरेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘शिशु बिक्री गर्दा १ देखि ५ लाख रुपैयाँसम्म लिने गरेको कुरा आएको छ। थप अनुसन्धानपछि यस विषयमा प्रष्ट हुन्छ।’ स्रोतका अनुसार अवैध गर्भ बसेकालाई डा. तपेश्वरसँग भेटाउने गिरोह सक्रिय छ।

त्यो गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ। नर्स र अस्पतालका कर्मचारीदेखि उनको क्लिनिकमा
बिचौलियाको काम गर्नेसम्मले अवैध गर्भ बसेकालाई डा. तपेश्वरसँग भेट गर्ने वातावरण मिलाउने गरेको पाइएको छ। अवैध गर्भलाई पतन गर्ने र गर्भपतन गर्न नमिल्ने शिशुलाई रकम लिएर बिक्री गर्ने गरेको प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन्।

उनका अनुसार शिशु व्यवस्थापन गरिदिएवापत अभिभावकसँग पनि अलग्गै रकम लिने गरेका रहेछन्। प्रसूति तथा स्त्री रोग विशेष डा. तपेश्वरले कोसी अस्पतालमा अढाइ दशक काम गरेका थिए। त्यस क्रममा उनले अवैध सम्बन्धबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर बिक्री गरेको आरोप छ।

हालसम्म कति शिशु बिक्री गरे भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। डा. तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालको मेसु थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!