२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

वरिष्ठसई उज्वल पौडेल हत्याका २ जना आरोपीलाई पुर्पक्षका लागि जेल चलान

Logo
प्रकाशित बिहिबार, भाद्र ०७, २०८०


(ABC-Sanchar)
काठमाडौं । बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाएको हो । गत साउन ८ गते राति ११ बजे आमाछोरा मिलेर पौडेलको हत्या गरेको प्रहरीले बतायो ।
घटनापछि प्रहरीले अनुसन्धान जारी राखेको थियो । खाजा खान गएका पौडेल रातिसम्म बसेपछि आशासँग भनभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा पनि शरीरभर नीलडाम र घाउ देखिएको तथा घाँटीमा कसिएको डाम देखिएको उल्लेख छ । पौडेलको घाँटीमा लगाएको सिक्री आशाले राखेको समेत भेटिएको थियो ।

निर्घात कुटेपछि घाँटी थिचेर मारेको आरोपीले बयान दिएको प्रहरी नायब उपरिक्षक मदन केसीले बताए । अदालतमा भने आमाछोराले फरक–फरक बयान दिएका थिए ।

‘फरक–फरक बयानले एकले अर्कोलाई बचाउन खोजेझैं देखिन्छ,’ मृतकका आफन्तले भने ‘एउटै कोठामा भएका तीन जनामा एकले अर्कोलाई मरणाशन्न हुने गरी कुटपिट गर्दा अर्कोले हेरेर बसेको बयानले शंका उब्जेको छ ।’ खाजा खान बोलाएको तथा कुटपिटबाट बेहोस भएको बेला विनोदले साथीलाई फोन गरेर जानकारी दिएको समेत अनुसन्धानमा उल्लेख छ । अदालतको आदेशपछि आमाछोरा दुवैजना बुधबारै जिल्ला कारागार चलान भएका छन् ।

तीन वर्षसम्म भीआईपी सुरक्षामा खटिएका पौडेल गत वर्ष सरुवा भएर भिमगिठे गएका थिए । उनी जिल्लाका अन्य चौकी इन्चार्जको तुलनामा चलाख र दक्ष प्रहरीमा समेत गनिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]