२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सामाजिक सञ्जालबाट हुने हिंसालाई रोक्न निर्देशिका बन्दै : मन्त्री रेखा शर्मा

Logo
प्रकाशित बिहिबार, भाद्र ०७, २०८०


(ABC-Sanchar)
काठमाडौँ । सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले सामाजिक सञ्जालबाट हुने डिजिटल हिंसा न्यूनीकरणका लागि तत्काल नियमावली वा निर्देशिका नै बनाएर समस्याको सम्बोधन गर्नुपर्ने बताएकी छन् ।

ललितपुरमा आयोजित डिजिटल हिंसालाई सम्बोधन गर्न आवश्यक नीति,चुनौती र समस्या समाधान तथा अन्वेषण एक अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले यस्तो धारणा राखेकी हुन् । उनले सामाजिक सञ्जालबाट जानेर गरिने हिंसा र नजानेरै हुने हिंसालाई सम्बोधन गर्न सक्ने हिसाबले स्वनियमनलाई नै जोड दिएर आमसञ्चार कानून भन्दा पहिला नियमावली बाटै सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

सामाजिक सञ्जालबाट हुने गरेका चरित्र हत्या,हिंसालाई कानून निर्माण गर्नुभन्दा पहिल्यै नियमावलीमार्फत भए पनि सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्,‘अहिले हामी एउटा निर्देशिका अथवा नियमावली के सम्भव हुन्छ त्यो बनाउँदै त छौं । तर, सँगगँगै समानान्तर रूपमा कानून पनि निर्माण गरिराखेका छौं। पास गर्ने हिसाबले त्यो छिटो हुन्छ, कानून ढिलो हुन्छ, भनेर कानून पनि सँगसँगै अगाडि बढाइराखेको भएर यसमा पहिलो कुरा के लाग्यो भने स्वनियमनको कुरा हो । स्वनियमनको कुरामा हामीले उल्लेख गर्नुपर्छ,त्यसपछि जनचेतनाको कुरा हो ।’

त्यस्तै उनले सामाजिक सञ्जालबाट हुने हिंसा न्यूनीकरणका लागि सरकारले नै लक्षित जनसंख्यालाई साइबर शिक्षा र सुरक्षाबारे जनचेतनामूलक कार्यक्रम गर्नेमा जोड दिइन् ।

उनले बढ्दो डिजिटल हिंसाले बढाएको समस्या र चुनौतीलाई कानूनमा पनि कसरी सम्बोधन गर्न सकिन्छ त्यसमा सरकारलाई सुझाउन सरोकारवाला निकायलाई आग्रह गरिन् ।

‘आज जुन यो सोसल मिडियाबाट व्यक्तिप्रतिको हुने डिजिटल हिंसाको जुन विषय उठान गर्नुभएको छ,यो डिजिटल हिंसालाई न्यूनीकरण कसरी गर्ने,अन्य कसरी गर्ने भन्ने विषयमा राम्रो सँग सोचौँ । कानूनमा के प्रावधान राख्दा खेरी उपयुक्त हुन्छ होला भन्ने कुरामा सुझावहरु यहाँहरूबाट आयोस् भन्ने अपेक्षा गर्छु’, मन्त्री शर्माले भनिन् ।

कार्यक्रममा सहभागी भएका सरोकारवाला निकाय,सञ्चारकर्मी तथा कलाकारहरूले सामाजिक सञ्जालमा हुने गरेका हिंसात्मक गतिविधिलाई स्वनियमनले मात्रै नपुग्ने र प्रभावकारी रूपमा कानूनी उपचारमा जानुपर्ने धारणा राखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]