०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

कर्णाली प्रदेश सरकारले ५७ जना कर्मचारीको सरुवा गर्‍यो (नामसहित)

Logo
प्रकाशित बिहिबार, भाद्र ०७, २०८०

(ABC-Sanchar)

काठमाडौँ । कर्णाली प्रदेश सरकारले मन्त्रालय, प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत ५७ जना कर्मचारीहरूको सरुवा गरेको छ । गत ३२ साउनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजामती कर्मचारीको सरुवा गरेको हो ।

विशेष गरी सहायक स्तर पाँचौँ तहका कर्मचारीहरूको सुरुवा गरिएको छ भने स्वास्थ्य क्षेत्रका कर्मचारीको पनि कार्य जिम्मेवारीमा हेरफेर गरिएको छ । यस्तै सहायक स्तर छैटौँ, नायब सुब्बा र अधिकृतहरूको पनि सरुवा भएको छ । मुख्यमन्त्रीको कार्यालयले अहिले कार्यरत कार्यालयबाट प्रदेश मातहतकै अर्को कार्यालयमा सुरुवा गरेको हो ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका चार जना कर्मचारीलाई सरुवा गरिएको छ । मन्त्रालयमा लामो समयदेखि कार्यरत अधिकृत राजेन्द्र पौडेललाई योजना आयोगमा सुरुवा गरिएको छ ।

योजना आयोगमा कार्यरत अधिकृत सुनिल लिम्बुलाई पौडेलको ठाउँमा ल्याइएको छ । लिम्बुले आयोगमा हुँदा निमित्त कार्यालय प्रमुख भएर समेत काम गरेका थिए भने त्यसअघि उनी सामाजिक विकास मन्त्रालयमा थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृत नृपजङ्ग शाहीलाई कानुन मन्त्रालयमा कामकाजका रूपमा पठाइएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका पनि तीन जना कर्मचारीलाई सरुवा गरिएको छ । सरुवा हुनेमा एक जना शाखा अधिकृत, एक जना अधिकृत र एक जना सहायक रहेका छन् । शाखा अधिकृत जनकबहादुर हमाललाई प्रदेश सभा सचिवालयमा कामकाजका लागि खटाइएको छ भने भीमबहादुर कार्कीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ ।

यस्तै अर्थ मन्त्रालयका चार जना कर्मचारीको सरुवा गरिएको छ । अर्थ मन्त्रालयका दीपक प्रसाद शर्मालाई जलस्रोत मन्त्रालयमा पठाइएको छ भने गणेश प्रसाद श्रेष्ठ र जनक चपाइलाई प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । यस्तै अर्थ मन्त्रालयकी कम्प्युटर सहायक इन्द्राकुमारी शाहीलाई प्रदेश वन निर्देशनालयमा पठाइएको छ ।

सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयका पाँच वटा कर्मचारीको सुरुवा गरिएको छ । अन्य स्वास्थ्य संस्थाका कर्मचारीको पनि कार्यालय हेरफेर गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका प्रदेश सरकार मातहतका कार्यालयका कर्मचारीको पनि हेरफेर गरिएको छ । पूर्वाधार विकास कार्यालय सल्यानमा कार्यरत टेकबहादुर क्षेत्रीको डिभिजन वन कार्यालय सल्यानमा सरुवा गरिएको छ । कृषि विकास कार्यालय हुम्लामा कार्यरत वीरेन्द्र बहादुर माझिलाई सामाजिक विकास मन्त्रालयमा तानिएको छ ।

शिक्षा विकास निर्देशनालयका दीपेन्द्रबहादुर शाहीलाई लोक सेवा आयोगमा पठाइएको छ भने लोक सेवा आयोगका भीमबहादुर गुरुङलाई स्वास्थ्य सेवा निर्देशनालयमा पठाइएको छ । शाखा अधिकृत रुपा विकलाई पदस्थापन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजका लागि खटाइएको छ । सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले नियमित रूपमा गर्ने गरिएको सरुवा भएको बताए

‘कर्मचारी एउटै ठाउँमा र आफ्नो रोजाइमा बस्ने भन्ने हुँदैन,’ उनले भने,‘ कतिपय ठाउँमा काम नपाएर बस्ने अवस्था छ भने कतिपय ठाउँमा कर्मचारी नपुगेर काम रोकिने अवस्था छ ।’ सेवा प्रवाहलाई मध्यनजर गरेर कर्मचारीहरूको सरुवा गरिएको जिसीको भनाइ छ । अन्य मन्त्रालयहरूले पनि अब आवश्यकता अनुसार कर्मचारीको सरुवा गर्न सक्ने छन् ।

कर्णाली प्रदेश निजामती कर्मचारीको सरुवा तथा काज सम्बन्धी मापदण्ड, ०७७ अनुसार कर्मचारीको सरुवा गरिएको हो । सरकारले समायोजन भएका र कामकाज गर्न खटिएका निजामती कर्मचारीको सरुवा तथा काज सम्बन्धी कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन उक्त मापदण्ड बनाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!