०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

रौतहटमा ट्रकको ठक्करबाट एक जनाको मृतकका आफन्त र स्थानीयहरुले ट्रकमा आगो लगाए

Logo
प्रकाशित बिहिबार, भाद्र ०७, २०८०

(ABC-Sanchar)
रौतहट । चन्द्रपुर नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गको नुनथर मन्दिर जाने बाटोनजिक बिहीबार ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । घटनापछि मृतकका आफन्त र स्थानीयले ट्रकमा आगो लगाएका छन् ।

घटनास्थलमा अहिले तनाव देखिएको छ । ट्रकमा लागेको आगो निभाउन गएको नगरपालिकाको वारुणयन्त्रमा पनि स्थानीयले ढुंगा प्रहार गरेर क्षति पुर्‍याएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पैदलयात्री चन्द्रपुर-१ बस्ने ५५ वर्षीया होममाया मगरलाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनायो । घटनापछि आक्रोशित स्थानीय बासिन्दाले ट्रकमा आगो लगाएका छन । अहिले त्यस क्षेत्रको अवस्था तनावपूर्ण छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालयका डीएसपी एकनारायण कोइरालाको नेतृत्वमा टोली पुगेको छ । ट्रकमा लागेको आगो निभाउन पुगेको ना १ झ ६८८ नम्बरको वारुण यन्त्रमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।

अहिले पूर्व-पश्चिम् राजमार्गमा यातायात अवरुद्ध भएको छ । डीएसपी कोइरालाले स्थानीयलाई सम्झाएर बाटो खुलाउने काम भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!