२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

महाकाली नदीले सतर्कता तह पार गर्‍यो

Logo
प्रकाशित बिहिबार, भाद्र ०७, २०८०


(ABC-Sanchar)
डडेल्धुरा । डडेल्धुराको पारिगाउँ मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बहाव बढ्दो क्रममा रहेको बाढी सूचना केन्द्रले जनाएको छ ।

डडेल्धुरा र कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । महाकालीमा पानीको सतह अहिले सात मिटरसम्म पुगेको छ । पारिगाउँ मापन केन्द्रमा पाँच दशमलव ८० मिटर पानी पुग्दा सतर्कता तह पार गरेको मानिन्छ ।

आज महाकाली, नारायणी र मर्स्याङ्दी नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै ठाउँमा अस्ति मङ्गलवारदेखि झरी परिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।