२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

२०७२ सालमा टीकापुर घटनामा मारिएका बालक टेकबहादुर साउँदको सालिक बन्यो

Logo
प्रकाशित बिहिबार, भाद्र ०७, २०८०

(ABC-Sanchar)
धनगढी । थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा मारिएका बालक टेकबहादुर साउँदको सालिक अनावरण गरिएको छ । टीकापुर घटनाको मुख्य योजनाकारको अभियोग लागेर अदालतले जन्म कैदको फैसला सुनाएर राष्ट्रपतिबाट कैद मिनाह पाएका रेशमलाल चौधरीले साउँदको सालिकको अनावरण गरेका हुन् ।

८ वर्ष अघि आजकै दिन थरुहट–थारुवान र अखण्ड सुदूूरपश्चिम आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा नाबालक साउँद, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० लक्ष्मण न्यौपानेसहित ८ जनाको विभत्स हत्या गरिएको थियो ।

उक्त घटनाको ८ वर्ष पुगेको तथा मृतक साउँदको स्मृतिमा बिहीबार सालिक अनावरण गरिएको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशमलाल र टेकबहादुर साउँद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो ।

उक्त सालिकको रेशमलालसहित नाउपाकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, टेकबहादुर साउँदका बाजे जङ्ग साउँद र बुवा आमाले संयुक्त रूपमा अनावरण गरे । सालिक अनावरण गर्दै नाउपाका संरक्षक रेशमलालले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा भएको बताए ।

साउँदका बुवा नेत्र साउँदलाई अङ्कमाल गर्दै चौधरीले अझै पनि आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने धारणा राखेका थिए । टीकापुरमा टाढाबाट ढुङ्गा हानेर सद्भाव खलबल्याउने काम भइरहेको आरोप पनि उनको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]