ABC (क्राईमबिट)
सिरहा । नेपाल प्रहरी नायव निरीक्षक (सई) हुँ भन्दै व्यवसायी र व्यापारीलाई थर्काएर पैसा ठग्ने एक व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका १ रामपुर निवासी ४० वर्षीय कुमोद कुमार साह रहेका छन् । प्रहरीले उनलाई सिराहाको बरियापट्टि गाउँपालिका – ३ बाट नक्कली हतियारसहित भारतबाट आएका व्यवसायीहरूलाई धम्काई रहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
सादा पोसाकमा रहेका कुमोदले नेपाल-भारत सिमानाकामा रहेको दशगजा क्षेत्रमा भारतको लुधियानाबाट आएका व्यवसायीहरूलाई थर्काएर पैसा ठगिरहेको अवस्थामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।
साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिराहाको जिम्मा लगाइएको सशस्त्र प्रहरी निरीक्षक कृष्ण थापाले जानकारी दिए ।