०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प २ लाख धरौटीमा रिहा

Logo
प्रकाशित शुक्रबार, भाद्र ०८, २०८०


(ABC-Sanchar)
काठमाडौं । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका उनी दुई लाख डलर धरौटी बुझाएर रिहा भएका छन् ।

जेलका अधिकारीले लागूऔषध कारोबार, तस्करी, मदिराले मातेर सवारी हाक्ने चालकलगायत अन्य फौजदारी अभियोग लागेकाहरूको औँठाछाप र टाउकोसहित अनुहारको तस्बिर लिइने कानुनी प्रक्रियाअनुरुप अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपतिको पनि तिनै अभियुक्तको झै फोटो लिएर भएको छ ।

यो लज्जास्पद क्षण अमेरिकाका लागि दुःखद भएको दक्षिणी क्यालिफोर्निया विश्वविद्यालय एनेनबर्ग स्कूल अफ कम्युनिकेसन्सका प्राध्यापक मार्टी कपलान बताउँछिन् । भविष्यमा इतिहासका पुस्तकहरूमा पूर्वराष्ट्रपति ट्रम्पको त्यो आपराधिक छवि स्थायी तस्बिर भएर रहने उनले टिप्पणी गरिन् ।

कानुन कार्यान्वयन गर्ने फुल्टन काउन्टी कार्यालयले अपराधको आरोप लागेका एक सामान्य नागरिकका रुपमा सार्वजनिक गरेको पूर्वराष्ट्रपतिको तस्बिरमा उहाँ निक्कै रिसाएको देखिनुहुन्छ । हल्का खैरो पृष्ठभूमिमा खिचिएको तस्बिरमा उहाँले नीलो सुट, सेतो शर्ट र रातो टाई लगाएका छन् ।

उनको काँधको ठ्याक्कै माथि शेरिफको प्रतीक चिह्न पनि देखिन्छ । सतहत्तर वर्षीय पूर्वराष्ट्रपतिले आफू दोषी नरहेको दाबी गर्नुभएको छ । यद्यपि उहाँमाथि जर्जियामा जो बाइडेनले पाएको मतपरिणाम उल्ट्याउने प्रयास गरेको आरोप लगाइएको छ ।
उक्त कार्यालयले जारी गरेको तस्बिर आफ्नो
सामाजिक सञ्जाल र चुनावी अभियान वेबसाइटमा पोस्ट गर्दै उनले आफूले केही गलत नगरेको र आफूमाथि निराधार आरोप लगाइएको उल्लेख गरेका छन् । राजनीतिबाट प्रेरित भएर आफ्नो आगामी निर्वाचन बिथोल्न आफूमाथि अभियोग लगाइएको उनले दाबी गरेका छन् ।

अर्बपति व्यापारी ट्रम्पलाई गत अप्रिलदेखि यता चार पटक आपराधिक अभियोग लगाइएको छ तर उहाँ आगामी वर्ष सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघि बढेका छन् । जर्जियामा उहाँमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुठा बयान दिन अभिप्रेरित गरेकोलगायत चार वटा मुद्दा दायर गरिएको छ ।

यसअघि उनीमाथि वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियलसँगको यौन सम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न निजलाइ भुक्तान गरिएको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र ती कागजात सरकारलाई फिर्ता गर्न अस्वीकार गरेको तथा संसद् भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग लगाइएको छ ।

सन् २०२० को जनवरी छ तारिखमा अमेरिकी संसद् क्यापिटल हिलमा भएको आक्रमणमा सात जनाको मृत्यु हुनका साथै संसद्, महानगर र स्थानीय सुरक्षा निकायका एक सय ५० जना सुरक्षाकर्मी घाइते भएका थिए । त्यहाँ ट्रम्पले परिचालन गरेको भीडले अन्धाधुन्ध आक्रमण गरेको आरोप छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

मंगलबार बिहान चीनको सिचाङ तिब्बतमा गएको भूकम्मा परी ५३ जनाको मृत्यु काठमाडौं । चीन क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन्। मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ। आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको […]

error: Content is protected !!