२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चितवन जिल्ला अदालतमा सबै भन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दाहरु दर्ता

Logo
प्रकाशित शनिबार, भाद्र ०९, २०८०


(ABC-Sanchar)
चितवन । गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा मात्र एक हजार दुई सय १६ दर्ता भएका छन् । यस्तै चेक अनादारको मुद्दा सात सय २२, अंशसम्बन्धी मुद्दा छ सय २६, लागुऔषधसम्बन्धी एक सय ६८ मुद्दा दर्ता भएका थिए ।

कार्यालयका सूचना अधिकारी नवराज सापकोटाका अनुसार गत आर्थिक वर्षमा अदालतमा तीन हजार चार सय ३५ मुद्दा दर्ता भएका थिए । गत आवमा अदालतमा जिम्मेवारी सरी आएकासहित पाँच हजार छ सय मुद्दामध्ये ६४ दशमलव ५१ प्रतिशत मुद्दा फछ्र्योट भएको छ ।

सापकोटाका अनुसार जिम्मेवारी सरी आएका एक हजार पाँच सय ६५ मुद्दामध्ये एक हजार तीन सय ४५ मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएका तीन हजार चार सय ३५ मध्ये दुई हजार दुई सय ६८ मुद्दा फैसला भएका छन् । गत आवमा जिम्मेवारी सरी आएका मुद्दा एक हजार नौ सय ८७ रहेको उनले जानकारी दिए।

सोही समयमा एक सय मुद्दा बालबालिका संलग्न भएका मुद्दा दर्ता भएका छन् । कार्यालयका अनुसार मेलमिलापमार्फत तीन सय १० मुद्दा मिलापत्र भएका छन्। मेलमिलापमा पठाइएका एक हजार दुई सय ६५ मुद्दामध्ये आठ सय ४७ मुद्दा फिर्ता भएका छन् भने एक सय आठ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको सापकोटाले जानकारी दिए।

अदालतले चालु आवका लागि पाँच हजार आठ सय २३ वटा मुद्दा दर्ता हुने र तीन हजार सात सय ८७ वटा मुद्दा फैसला गर्ने लक्ष्य राखेको छ। यस्तै निवेदनतर्फ दुई हजार दुई सय ६७ दर्ता हुने अनुमान गरिएको छ। चालु आवको साउन महिनामा एक सय ३३ दशमलव ८४ प्रतिशत मुद्दा फैसला गरेको छ । अदालतले साउनमा दुई सय १० मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा दुई सय ८१ मुद्दा फैसला गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]