२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरीले ४ करोड बढीको अवैध सामान पक्राउ गरि भैरहवा भन्सारमा बुझायो

Logo
प्रकाशित आइतबार, भाद्र १०, २०८०

ABC (क्राईमबिट)
भैरहवा । सशस्त्र प्रहरी डण्डा गुल्म अन्तर्गतका बोर्डर आउट पोष्ट बाहेक
आफैँ डेढ करोड भन्दा बढीको अवैध मालवस्तु यस अवधिमा भन्सार दाखिला गरेको छ।

त्यसै गरी अवैध मालस्तु ढुवानीमा प्रयोग भएका नौ थान मोटरसाइकल, एक थान स्कुटर, आठ थान साइकल, दुई थान अटोरिक्सा, एक थान बस र एक थान ट्रकसमेत बरामद गरी भैरहवा भन्सार कार्यालयमा दाखिला गरेको गुल्मले जानकारी दिएको छ।

यसका साथै नौ लाख ८० हजार सात सय पचास मूल्य बराबरको अवैध कुखुरा तथा माछा बरामद गरी पशु क्वारेन्टाईनको रोहवरमा नष्ट गरिएको समेत डण्डा गुल्मले जानकारी दिएको छ ।

उद्योग वाणिज्य संघको अनुरोध र भैरहवा भन्सार कार्यालयले लागू गरेको सय रुपैया भन्दा माथिका मालबस्तुमा भन्सार लाग्ने व्यवस्थालाई कार्यन्वयन गर्न डण्डा गुल्मले नेतृत्वदायि एवं विशेष भुमिका निर्वाह गरेको छ। भारतीय सीमावर्ती ईलाकामा लाग्ने फरेनिया हाटबजारका कारण आफूको व्यापार चौपट भएकाले नेपाली ग्राहकलाई उक्त बजार जान रोक्न जिल्ला राजश्व चुहावट नियन्त्रण समितीको निर्णय अनुरुप काम गर्दै आएको छ।

गूलममा स्तर उन्नति भई प्रस्तावित सीमा सुरक्षा गुल्म भएसँगै छोटो अवधिमा डण्डा इलाकामा तस्करीमा संलग्न व्यक्तिहरु ठूलो मात्रामा कानुनी कारबाहीको दायरामा आएको, कयौं व्यक्ति पलायन भएको दाबी गुल्मले गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]