२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कञ्चनपुरमा RIT प्रहरीले बुझाएको ट्रक र चालक रातारात किन कसरी छोडे प्रहरीले ?

Logo
प्रकाशित आइतबार, भाद्र १०, २०८०

ABC (क्राईमबिट)
धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध सामानसहित नियन्त्रणमा लिएको ट्रक रातारात छाडेको छ। शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अनुसन्धान समूह (आरआइटी) र अस्थायी प्रहरी पोष्ट वाणीको टोलीले अवैध सामानसहित नियन्त्रणमा लिएको ट्रक छाडिएको हो।

आरआइटीले सुपप्र ०१००१ ख २६२४नम्बरको ट्रक र चालक गणेशसिंह कार्कीलाई नियन्त्रणमा लिएको थियो। प्रदेश प्रहरी कार्यालयले शनिबार बिहान इमेलमार्फत सञ्चारमाध्यममा पठाएको बुलेटिनमा समेत चालक र ट्रकसहित एक लाख ८४ हजार ९ सय रुपैयाँको चिनी, सलाई लगायतका सामान बरामद गरिएको उल्लेख छ। सोही कुरालाई आधार मानेर सञ्चार माध्यममा अवैध सामानसहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको समाचार सार्वजनिक भए।

तर, आरआइटीले अवैध सामान बरामद गरेर जिम्मा लगाएको ट्रक र चालकलाई अस्थायी प्रहरी पोष्टले रातारात छाडेको आरोप लागेको छ। तर, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीले यो विषयमा इलाका प्रहरी कार्यालय झलारीमा बुझ्न आग्रह गरे।

इप्रका झलारीका प्रमुख प्रहरी निरीक्षक बिरसिंह बुढाएरले चालक, ट्रक र अवैध सामान प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहले बरामद गरेकोले उतैबाट सूचना लिन अनुरोध गरे। तर आरआइटीले भने अवैध सामानसहित नियन्त्रणमा लिइएको ट्रक र चालक अस्थायी प्रहरी पोष्ट वाणीको जिम्मा लगाएर कानूनी प्रक्रिया पूरा गर्न निर्देशन दिएर टोली धनगढी फर्किएको जनाएको छ।

कानुनअनुसार अवैध सामान ओसारपसारमा प्रयोग भएको सवारीसाधनलाई कारवाही नगरेर यतिकै छाड्न मिल्दैन्। तर, अस्थायी प्रहरी पोष्ट वाणीले भने रातारात ट्रक छाडेपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]