२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बचतकर्ताको करोडौँ रकम लिएर सुविधा सहकारी संस्थाका अध्यक्ष ईश्वर गुप्ता फरार

Logo
प्रकाशित आइतबार, भाद्र १०, २०८०

ABC (क्राईमबिट)
बारा । सर्लाहीको सुविधा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बचतकर्ताको करोडौँ रकम हिनामिना गरी फरार भएका छन् । जिल्लाको सदरमुकाम मलंगवास्थित सहकारीका अध्यक्ष ईश्वर गुप्ता बचतकर्ताको २४ करोडभन्दा बढी रकम हिनामिना गरेर फरार भएको बुझिएको छ ।

सहकारीका अध्यक्ष नै फरार भएपछि हाल त्यहाँ कार्यरत चार जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सहकारीका प्रबन्धक दीपकलाल अमात्य, कर्मचारीहरू निर्मल श्रेष्ठ, उमेश अधिकारी र कामेश्वर सिंहलाई पक्राउ गरी थुनामा राखेको हो । बचतकर्ताको रकम हिनामिना गर्ने कार्यमा उनीहरूको पनि संलग्न रहेको आशङ्का गरिएको छ ।

हाल फरार रहेका सहकारीका अध्यक्ष गुप्ताको खोज कार्य भइरहेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियारले जानकारी दिए । उनका अनुसार गुप्ताले सहकारीबाट रकम लिनका लागि सञ्चालक समितिलाई जानकारी गराउनु नपर्ने नियम साधारण सभाबाट पास गराएका थिए । सोही अनुसार उनले सहकारीको ठूलो रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गुप्ता दुई कार्यकाल उद्योग वाणिज्य सङ्घ मलंगवाका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । हाल सहकारीबाट बचत फिर्ता पाउन बाँकी रहेको बचतकर्ताको बिचल्लीमा परेका छन् । त्यस्तै, अध्यक्षले गरेको गल्तीका कारण बजारमा खटिएका सहकारीका अभिकर्ताहरू थप मर्कामा परेका छन् । उनीहरूलाई दिनहुँ बचतकर्ताले बचत फिर्ता गर्न दबाब दिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]