०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

आफुलाई ठूलो सिंघम ठान्ने कंचनपुरका इन्सपेक्टर सिताराम बिष्ट फेरि विवादमा तानिए

Logo
प्रकाशित मंगलबार, भाद्र १२, २०८०


ABC (क्राईमबिट)
धनगढी । कञ्चनपुरका एक इन्सपेक्टर विवादमा तानिएका छन्। पहिल्यैदेखि विवादित छवि भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) सिताराम बिष्ट फेरि एकपटक विवादमा तानिएका हुन्।

भदौ ३ मा भीमदत्त नगरपालिका–१० स्थित शिद्धनाथ माध्यामिक विद्यालयमा घटेको घटनामा खटिएका बिष्टले सो घटना नियन्त्रण गर्न नसकेको भन्दै विवाद भैरहेको छ। सो विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै सो दिन स्कुलमा आन्दोलन भएको थियो। तनावग्रस्त अवस्था आएपछि ती इन्स्पेक्टर बिष्टको नेतृत्वमा जिल्लाबाट प्रहरी टोली पठाइएको थियो।

तर बिष्टले भीड नियन्त्रण गर्न सकेनन्। उनले कार्यकक्षमैं गएर लेखापाल जोशीलाई हतकडी लगाए। लेखापालमाथि ढुंगामुढा भयो र कुटपिटसमेत भयो। विद्यालयबाट केही पर प्रहरीको भ्यानसम्म जोशीलाई हिँडाएर लग्ने क्रममा जोशीमाथि प्रहारहरु भएका थिए।

सो बेला इन्सपेक्टरसहितको प्रहरी टोली हेरेको हेर्यै भएको भन्दै आलोचना भैरहेको छ। ती बिष्टको फितलो सुरक्षाका कारण कुटपिट भएको आरोप लागेको छ भने कारबाहीको लागिसमेत माग गरिएको छ।

हालै डोटी सरुवा भएर रमानामात्रै लिन बाँकी बिष्टमाथि कञ्चनपुरमा दोस्रोपटक कार्वाहीको माग उठेको बताइन्छ।

गत जेठमा पनि पत्रकारमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा उनी कार्वाहीमा परेका थिए। त्यति बेला उनलाई सचेत गराइएको थियो। यस पटक भने के कारबाही हुन्छ या हुँदैन त्यो भने हेर्न बाकी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!