२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

शैक्षिक प्रमाण व्यक्तिगत विवरण नमिलेका अब ५ वर्षभित्र उमेर जात सच्याउन पाउने

Logo
प्रकाशित मंगलबार, भाद्र १२, २०८०

(ABC-Sanchar)
काठमाडौं । भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरेसँगै विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने भएका हुन् ।

‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गर्न गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । गृह मन्त्रालयले अब विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने सार्वजनिक सूचना जारी गरेको छ ।

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा विद्यार्थी ठूलो मर्कामा थिए । यसअघि प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको मात्र थियो । नागरिकता सच्याएको एक वर्षभित्र शैक्षिक प्रमाणपत्रमा सोही विवरण मिलाउनका लागि दरखास्त दिन पाउनेछन् ।
नियम संशोधनसँगै शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम गरिएको छ । शैक्षिक प्रमाणपत्रमा व्यक्तिगत विवरण सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकताबाहक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्ने गृह मन्त्रालयले जनाएको छ ।

विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकतासम्बन्धी प्रचलित कानूनबमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन चाहेमा एक पटकको लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछन् ।

‘तर विद्यार्थीले यो उपनियम प्रारम्भ हुनु अघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकामा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन पाँच वर्षभन्दा पुरानो कुनै व्यक्तिले पनि एक पटकको लागि यो उपनियम प्रारम्भ भएको एक वर्षभित्र दरखास्त दिन सक्नेछन्,’ संशोधित नियममा भनिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]