२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पाल्पा पहिरोले जिप पुरिँदा ३ जनाको मृत्यु घाइतेहरुको अस्पतालमा उपचार हुँदै

Logo
प्रकाशित बुधबार, भाद्र १३, २०८०

(ABC-Sanchar)
पाल्पा । गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र जोर्तेको बीच भागमा सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।

बुधबार बिहान भएको दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका–११, बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका–२५, हेम्जाका ३१ वर्षीय विनोद तिम्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । तीनै जनाको घटनास्थलमै माथिल्लो भागबाट खसेको सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएको हो ।
गुल्मीको तम्घासबाट पाल्पा भई बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको रुरु रेसुङ्गा यातायात प्रा.लि.को जिप सडक स्तरोन्नति गरेको जोर्ते क्षेत्रमा सुख्खा पहिरोले च्यापिएको प्रहरीले जनाएको छ । घाइते ८ जनामध्ये चालक बालकृष्ण श्रेष्ठ सकुशल रहेका छन् ।

बाँकी सात जनाको तानसेन पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा एकै गाउँका सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थापाका अनुसार दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालिका-८ खानीगाउँका ४० वर्षीया शोभा घर्ती मगर, सोही स्थानकी ३७ वर्षीया शुस्मा राना, शुस्मा रानाकी छोरी ६ वर्षीया सुरवी राना, उनकै ५ महिनाकी छोरी सुविया राना, ४५ वर्षीय टेकबहादुर जीएम, २७ वर्षीया स्वीकृति थापा र उनका ५ वर्षीय छोरा सुरेन थापा घाइते भएका हुन् । घाइते सबैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]