२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतले लगाएको चामल निर्यातको प्रतिबन्ध नेपालसहित ३ देशको लागि फुकुवा

Logo
प्रकाशित बिहिबार, भाद्र १४, २०८०


(ABC-Sanchar)
काठमाडौं । भारतको विदेश व्यापार महानिर्देशनालयले ३ देशको लागि प्रतिबन्ध फुकुवा गरिएको बताएको छ ।

भारतले भुटान, सिंगापुर र मोरिससको लागि प्रतिबन्ध फुकुवा गरेको हो । भारतले यी देशका लागि १.४३ लाख टन चामल निर्यात गर्नेछ ।

भारतबाट सरकारी कम्पनी नेशनल कोअपरेटिभ एक्स्पोर्ट्स लिमिटेडमार्फत यी ३ देशमा चामल पठाउन सक्नेछ । भारतले सरकारी तबरबाट मात्र भुटान, सिंगापुर र मोरिससलाई चामल निर्यात गर्न सक्ने व्यवस्था गरेको हो ।

विदेश व्यापार महानिर्देशनालयले भुटानका लागि ७९ हजार टन, मौरिससका लागि १४ हजार टन र सिंगापुरका लागि ५० हजार टन गैरबासमति चामल निर्यातको लागि अनुमति दिएको हो ।

भारतले गत २० जुलाइमा निर्यात रोकेको थियो । तर ती देशबाट चामलको व्यवस्था गर्न माग आएपछि सरकारले उनीहरूका लागि सीमित मात्र चामल निर्यात गर्न दिएको हो ।

यता नेपालले पनि भारतलाई चामल निर्यातको व्यवस्था गरिदिन आग्रह गरेर पत्र पठाएको थियो । तर भारतले अहिलेसम्म सो पत्रको प्रतिक्रिया नपठाएको बुझिएको छ । उच्च मूल्य वृद्धि रोक्नको लागि भारतले चामल निर्यातमा रोक लगाएको हो ।भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा चामलको भाउ ह्वात्तै बढेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]