२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अमेरिकामा सामुद्रिक आँधीबाट प्रभावित मृत्यु हुने क्रम जारी धेरै बेपत्ता खोजीकार्य जारी

Logo
प्रकाशित बिहिबार, भाद्र १४, २०८०


(ABC-Sanchar)
काठमाडौं । सामुद्रिक आँधीबाट क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य छिमेकी राज्य पनि आँधीका कारण प्रभावित भएका छन्।

जर्जियामा आँधीबाट ३ जनाको मृत्यु भएको छ। आँधीका कारण एक हजारभन्दा धेरै उडान प्रभावित भएका छन्। तीव्र हावा र विमानस्थलमा समेत बाढीको असर परेकाले एक हजारभन्दा धेरै उडान रद्ध भएको अधिकारीहरुले जनाएका छन्।


आँधीका कारण राष्ट्रपति जो बाइडेनले आफ्ना सार्वजनिक कार्यक्रमहरु रद्ध गर्नुपरेको ह्वाईटहाउसले जनाएको छ।

आँधी प्रभावित क्षेत्रमा राहत र उद्धारको काम भइरहेको छ। क्यालिफोर्नियाका अधिकांश बस्ती जलमग्न भएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!