२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँकेमा सशस्त्र प्रहरीले तस्करीको सामान पक्राउ गरेपछि झडप २ सशस्त्र प्रहरीसहित ३ जना घाइते

Logo
प्रकाशित शुक्रबार, भाद्र १५, २०८०


(उपेन्द्र प्रताप सिंह )
बाँके । सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरुसँग भएको झडपमा परी दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । यस्तै अन्य एक जना स्थानीय पनि घाइते भएका छन् ।

बाँकेको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट गएराति ९.३० बजे नं. ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद गरेको थियो ।

हार्डवयरका ती सामानको पुरा भन्सार तिरेको नपाइएपछि सशस्त्र प्रहरीले सामान बरामद गरेको हो । तर भन्सार छलिका उक्त सामान फिर्ता पाउनु पर्छ भनि ल्याउने व्यक्तिहरु र स्थानीय बासिन्दा करिब १ सयदेखि १२० जना भेला जम्मा भई ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हुलहुज्जत गरी सामान खोसेर लैजान खोजेका थिए ।

तत्कालै थप मद्दतको लागि उक्त गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र विओपी जयसपुरबाट खटिएको ७१ जनाको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरुलाई सम्झाई बुझाई गरेपश्चात फिर्ता भएकोमा सामान ल्याउने व्यक्तिहरु पुनः रातको १०ः३० बजे सो स्थानमा आई ड्युटीमा रहेको सशस्त्र प्रहरी माथि एक्कासी ढुंगामुढा प्रहार गरी भाग्ने क्रममा सोही उपमहानगरपालिका १४ बस्ने १८ वर्षीय जहित हसमित सामान्य घाइते भएका थिए ।

ढुंगामुढा प्रहारबाट नं. ३० बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएका छन् । यस्तै ना १ झ. ५७४ नम्वरको गाडीमा क्षति पुग्नुको साथै केही अस्वभावका साधनहरुमा समेत क्षति पुगेको छ ।

त्यसवेला सशस्त्र प्रहरीले चोरीपैठारीको हार्डवेयरका सामान, चामल तथा चिनी बरामद गरेको थियो ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।