०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

आधा घण्टा लगातार मुसलाधारे पानी परेपछि महोत्तरीको सदरमुकाम जलमग्न

Logo
प्रकाशित शुक्रबार, भाद्र १५, २०८०


(ABC-Sanchar)
महोत्तरी । आज करिब १०ः३० बजेदेखि ११ बजेसम्म परेको भारी वर्षाका कारण जलेश्वरभर पानी पानी भएको छ भने वर्षाका कारण जलेश्वरको सबै सडक पनि डुबेको छ।

तीव्र गति र ठूलो ठूलो थोपासहित परेको पानीले यहाँका जिल्ला अदालत, जिल्ला प्रहरी, कारागार, जिल्ला प्रशासन, मालपोत र जलेश्वर नगरपालिकाको कार्यालयमा जाने सम्पूर्ण बाटो डुबानमा परेका छन् भने कतिपय कार्यालयको परिसरमा पानी जमेको छ।

पानीका कारण बाटोमा सवारी साधन गुडाउन समस्या भएपछि कार्यालयमा कामकाजका लागि आउजाउ गर्ने सेवाग्राहीसमेत मारमा परेका छन्। लामो समयदेखि पानी नपरेका कारण नगरभित्रको सम्पूर्ण ढल जाम भएर जलेश्वर अहिले जलमग्न भएको हो। पानीको निकासका लागि विभिन्न स्थानमा स्काभेटर तथा डोजर लगाइएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!