०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

ग्यासको मूल्यवृद्धि भएसंगै कालो बजारी सुरु प्रहरीद्वारा एक जना व्यवसायी पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र १५, २०८०

(ABC-Sanchar)

पर्सा । बिरगंज एलपी ग्याँसको मुल्य वृद्धि संगै कालो बजारी सुरु गरेको आरोपमा पर्सा प्रहरीले एक जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।

सरकारले ग्यास सिलिन्डरमा मूल्य वृद्धि गरे सगैं आज बहुदरमाइ माइ नगरपालिका वडा नं ४ का भरत साह तेलि पक्राउ परेका छन । बहुवरी स्थित वडा नं ४ मा विराज ट्रेडरसको नाममा ग्यास सिलिन्डर बिक्री गर्दै आएका उनी कालो बजारी गरेको गुनासो बढेपछि प्रहरीले उनको पसलमा छापा हानी प्रक्राउ गरेको छ।

पसलमा खाना पकाउने ग्यास सिलिन्डर हुदाहुदै पनि उनले उपभोक्तालाई फिर्ता पठाएका थिए । त्यस्तै बढि मुल्यमा ग्यास बेचेको आरोपमा प्रहरीमा उजुरी परे पछि प्रहरीले छापामारेको हो । यसरी ठगी गरेको आरोप लागे पछि डकैला बहुवरी प्रहरी चौकी का प्रहरी प्रमुख असइ नगिना प्रसाद यादव ले पक्राउ गरेर चौकीमा लगेका थिए।

नेपाल सरकारले आजदेखि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लागू नहुँदै उपभोक्तासँग वृद्धि भएको रकमसहित पैसा लिएको एक जना उपभोक्ताले बताए । पैसा लिए पनि उनले ग्याँस लिन भने १२ बजे पछि मात्र आउन सबै उपभोक्ता लाई भनेका थिए । प्रहरीका अनुसार उनको पसलमा पुग्दा २५-३० वटा ग्यास सिलिन्डर भरेको अवस्थामा मौज्दात रहेको पायौँ । त्यसपछि भरतलाई नियन्त्रणमा लिएका बताए । भरत साह तेलि लाई अहिले चौकीमा राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!