२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

घोराही होलेरी खण्डको अबरुद्ध बाटोहरु खुलाउदै जिल्ला ट्राफिक प्रहरी दाङ

Logo
प्रकाशित शनिबार, भाद्र १६, २०८०

(सागर थापा)

दाङ । नेपाल सरकारले शहीद मार्ग नामाकरण गरेको उक्त सडकको कालोपत्रे उप्कीएपछि खाल्डा खुल्डी मात्रै भएका छन् । जस्का कारण गाडी तथा पैदल यात्रुलाई हिड्न निकै कठिन हुने गरेको स्थानीयहरु बाट गुनासो आएको छ ।

उक्त गुनासोलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकास मल्लको नेतृत्व एवं घोराही उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष सहितको टोलिले (खुम्बास) भन्ने स्थानमा पहिरोको कारण अबरुद्ध बाटोहरु जेसिबी लगेर खाल्डाखुल्डी पुरेर बाटो संचालनमा ल्याएको छ ।


भौगोलिक हिसाबले पनि उकालो ओरालो भएका कारण थप जोखिम रहेको छ । घोराही देखी होलेरी सम्मको करिब ३२ किलो मिटर सडकमा कालोपत्रे उप्कीएको छ भने खाल्डै खाल्डा परेका छन् । दर्जनौ घुम्तीहरुमा झनै सडक छियाछिया परेको छ । कालोपत्रे अधिकांश स्थानमा सबै उप्कीएको छ ।

विषेश गरी सिमेन्ट उद्योगका टिप्परहरु चल्ने भएका कारण पनि सडकको अबस्था जिर्ण बनेको स्थानियहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]