२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भारतबाट तस्करी गरेर ल्याइएको केराउ विराटनगरको बजारबाट सशस्त्र प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र १६, २०८०


ABC (क्राईमबिट)
बिराटनगर । उमाकान्त भगतले विराटनगर महानगरपालिका–९ स्थित ठाकुरबारी रोडमा सञ्चालन गरेको किराना पसलबाट सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानीको टोलीले बरामद गरेको जनाएको छ। खुला सीमाको फाइदा उठाउँदै चोरीको बाटो प्रयोग गरी ल्याइएको १२ सय ७५ केजी मटर बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

क्यारिङमार्फत चोरीको बाटो हुँदै मटर ल्याएर भगतले विराटनगरमा भण्डार गर्दै झापा, मोरङ र सुनसरीका बजारमा पठाउने गर्ने गरेको बताइएको छ। भगत थोक व्यापारी हुन्। उनले गोदाममा अवैध मटर राखेको सूचनाका आधारमा छापा हानेको र उक्त मटरको बजार मूल्य ५७ हजार ३ सय ७५ रुपैयाँ बरावरको रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको मटर विराटनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]