०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

बर्दियाको कारागारबाट कर्तव्य ज्यान मुद्दामा एकजना कैदी फरार

Logo
प्रकाशित आइतबार, भाद्र १७, २०८०


ABC (क्राईमबिट)
बर्दिया । आइतबार बिहान कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका ठाकुरबाबा नगरपालिका-८ का २७ वर्षीय टोपे भन्ने अजित बुढा क्षेत्री ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

२०७१ सालमा ठाकुरबाबा-८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए। पक्राउपछि बयान दिन जाँदा अदालतबाट फरार बुढाक्षेत्री गत वर्ष पक्राउ परेका थिए। अदालतले उनलाई ३० वर्षको कैद फैसला गरेको थियो। बुढा क्षेत्रीले एक वर्ष जेल सजाय कटाइ सकेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!