०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

दुर्घटना न्युनिकरण पहिलो प्राथमिकता : बाँके ट्राफिक प्रमुख गोपिकृष्ण सुवेदी

Logo
प्रकाशित आइतबार, भाद्र १७, २०८०

(महेन्द्र सिंह)
बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेमा भर्खरै सरूवा भएर आउनु भएका प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले जिल्लामा केही नयाँपन दिनेगरी काम गर्ने बताएका छन । मुस्ताङबाट हालै सरुवा भएर ट्राफिक प्रमुखका रूपमा बाँके आएका सुवेदीले संचारकर्मीहरूसँग यस्तो बताएका हुन् ।

ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा कोहलपुरमा उपलब्ध पत्रकारहरुसँगको अन्तर संवाद कार्यक्रममा बोल्दै सुवेदीले ट्राफिक ब्यवस्थापन र दुर्घटना न्युनिकरणमा आफू केन्द्रित हुने बताए ।

जिल्लामा ट्राफिक ब्यबस्थापन र दुर्घटना न्युनिकरणका बिषयमा पत्रकारहरुविच राय सुझाव लिंदै प्रहरी निरीक्षक सुवेदीले आफ्नो क्षेत्राधिकार भित्र रहेर कार्ययोजनाका साथ ट्राफिक सचेतना, ट्राफिक संकेत एवं सवारी साधन तथा अटो रिक्सा ब्यबस्थापनमा कडाईका साथ लाग्ने बताए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिंदै सुबेदीले सवारी नियम उलंघन गर्ने मापसे तथा लापसे चेकिङलाई कडाईका साथ लागु गर्नुकासाथै हरेक जरीवानाहरु डिजिटल पेबाट गर्ने नियम बाँके जिल्लामा श्रावण महिनादेखि लागु भईसकेको जानकारी दिए ।

उनले कुनै ट्राफिक प्रहरीले चिट काटेर नगद लिएको सुचना पाए कारवाहि गरिने भन्दै कोहलपुरका फुटपाथमा पार्किङ गरेर राखेका निजि सवारी साधनलाई हटाउने, जेब्रा क्रसिङमा सवारी साधन तथा अटो रिक्सा रोक्ने परिपाटिको अन्त्य गर्न एक हप्ते चालक सचेतना अभियान चलाईने समेत जानकारी दिए ।

बिद्यालय क्षेत्र र जेब्रा क्रसमा सवारी साधनको गति तिब्र हुने गरेको जनगुनासो समेत आएको भन्दै प्रहरी निरीक्षक सुबेदीले कोहलपुर क्षेत्रको चौराह क्षेत्र, बसपार्क क्षेत्र र नेपालगञ्जको अति ब्यस्त स्थानहरुमा बिशेष अभियान चलाई दुर्घटना न्युनिकरणमा अहम भुमिका खेल्ने गरि कार्य क्षेत्रमा खटिने बताए ।

अहिलेको डिजिटल युगमा डिजिटल कपिलाई ट्राफिक प्रहरीले किन मान्यता नदिएको हो भन्ने पत्रकारहरुको प्रश्नमा ट्राफिक प्रहरी प्रमुख सुबेदीले यस बिषयमा यथेष्ट जवाफ दिन सकेनन् भने राजस्व असुलि ट्राफिक प्रहरीको प्राथामिकता हो कि दुर्घटना न्युनिकरण भन्ने प्रश्नमा उनले नियम संगत सवारी साधन चलाए राजस्व रसिद काट्नै नपर्ने बताए ।

अटो रिक्सा र सवारी साधनहरु नागरिकको चहल पहल हुने स्थान, जेब्राक्रस र ब्रेकर रहेको ठाँउमा नियम मिचेर रोक्ने गरेको भन्दै प्रहरी निरीक्षक सुबेदीले यस प्रकारका साना साना ट्राफिक नियम उलंघनलाई समेत सुक्ष्म रुपले हेरीने बताए । जनशक्ति थोरै र कार्य क्षेत्र ब्यापक भएको सन्दर्भमा पनि बाँके ट्राफिक प्रहरीले जिल्लाका बिभिन्न स्थानमा ट्राफिक बिटहरुको स्थापना गरि सवारी ब्यबस्थापन गर्दै आएको सुवेदीले बताए ।

नेपालगञ्ज कोहलपुर सडक खण्डमा एकै दिन तीन चार ठाँउमा चेकिङ गरेर सवारी दुर्घटना न्युनिकरण भन्दा पनि सर्वसाधारणलाई दुख दिने गरेको भन्ने पत्रकारहरुको गुनासोमा प्रहरी निरीक्षक सुबेदीले सुचना र सञ्चारलाई चुस्त दुरुस्त पारेर नदोहरीने गरि ट्राफिक जाँच गरिने बताए ।

नेपालगञ्जका एकलैनि, बागेश्वरी मन्दिर, त्रिभुवन चोक जस्ता स्थानहरुमा अटो रिक्साका कारण पैदल यात्रिहरुले सास्ति ब्यहोर्नु परेको विषयलाई समेत ट्राफिक प्रहरीले विशेष अप्रेसन गरि ब्यबस्थापन गरिने बताए । अटो रिक्साहरुमा बिभिन्न निर्माण सामाग्रिहरु बोक्ने गरेको भन्दै ट्राफिक पहरी निरीक्षक सुबेदीले उक्त कार्य निरुत्साहित गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!