०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

एआईजी थापा उपत्यका प्रहरी कार्यालय मातहतका प्रमुखहरुसँग बार्षिक कार्य सम्पादनको सम्झौता

Logo
प्रकाशित सोमबार, भाद्र १८, २०८०


ABC (क्राईमबिट)
काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच गत श्रावण १५ गते बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरी, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्धि बिक्रम शाह, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख भुपेन्द्र बहादुर खत्री, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी.बीच हस्ताक्षर भएको थियो ।

कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुखले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारीरूपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई समेत निर्देशन दिनुहुँदै आफ्नो मातहतहरूलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गरी सामूहिक रूपले उपत्यकाको शान्ति, सुरक्षा कायम गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो ।

कार्य सम्पादन सम्झौता सुशासनको मापन भएकाले आ-आफ्नो कार्यालयको कार्य सम्पादनको प्रकृति अनुसार कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिबृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन सम्झौता उपलब्धिमूलक हुने तथा आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू पनि समावेश गरिएकाले उपत्यकालाई सुरक्षित गर्ने अभियानमा सबै मातहत कार्यालयको ऐक्यवद्दता रहने विश्वास व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!