२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाली नागरिकता प्रमाणपत्रमा आमाको नाम अनिवार्य उल्लेख गर्नुपर्ने : प्रशासन

Logo
प्रकाशित सोमबार, भाद्र १८, २०८०

(ABC-Sanchar)
काठमाडौं । सिफारिसमा आमाको नाम नराख्ने वा कट्टी चिन्ह प्रयोग गरी पठाएको भन्दै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सबै स्थानीय तहलाई आमाको नाम उल्लेख गर्न पत्र पठाएको छ ।

एक सूचना जारी गर्दै ओखलढुङ्गा प्रशासनले भनेको छ, ‘यस्तो सिफारिसले सम्बन्धित व्यक्तिले प्रमाण पत्रमा आमाको पहिचान गुमाउने देखिएको र आमाको नामबाट प्रतिलिपि लिनुपर्दा थप झन्झट व्यहोर्नु पर्ने गुनासो आएकोले जिल्ला स्थित सबै वडा कार्यालयहरूले नागरिकता प्रमाणपत्रको सिफारिस गर्दा मातृत्व र पितृत्व पहिचान भएकाहरूको हकमा सम्पूर्ण विवरण सहित अनिवार्य आमाको नाम उल्लेख गरी सोही अनुसार आवश्यक कागजात प्रमाणपत्र राखेर सिफारिस गर्नुहुन अनुरोध छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]