०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

कृषि मन्त्रालयमा कार्यरत सहसचिव डा. कमलराज गैरे १३९ दिनदेखि सम्पर्कविहीन

Logo
प्रकाशित मंगलबार, भाद्र १९, २०८०


(ABC-Sanchar)
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत प्राविधिकतर्फका सहसचिव डा. कमलराज गैरे गत वैशाख २ गतेदेखि बिना जानकारी गैरहाजिर रहेका हुन् ।

मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै बिदा स्वीकृत बेगर सहसचिव अनुपस्थित भएपछि उनीमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ ।

बिना जानकारी लगातार ९० दिन पदाधिकार रहेको कार्यालयमा अनुपस्थित रहेकाले निजामती सेवा ऐन, २०४९ अनुसार ३५ दिनको समय दिएर उनलाई सफाइ पेश गर्न भनिएको मन्त्रालयले जनाएको छ ।

सफाइ पेश नगरे कानूनबमोजिम थप कारबाही प्रक्रिया अघि बढ्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

निजामती सेवा ऐनमा ९० दिनभन्दा बढी गैरहाजिर कर्मचारीलाई सफाइ पेश गर्न समय दिने र उक्त अवधिमा चित्त बुझ्दो प्रष्टीकरण नदिएमा वा सम्पर्कमा नआएमा जागिरबाट बर्खास्त गर्न सकिने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!