०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

सुन तस्करी संलग्नमा अख्तियारले सीआईबीसँग माग्यो फोन मेसेज कल डिटेल्सहरु

Logo
प्रकाशित मंगलबार, भाद्र १९, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालेको छ ।

छानबिनका क्रममा सुन तस्करीमा मुछिएकाहरूको दावासँगको कनेक्सन पत्ता लगाउन अख्तियारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग दावाको कल डिटेल्स मागेको छ । अख्तियारका एक अधिकारीले छानबिनका क्रममा सीआईबीसँग दावाको कल डिटेल्स मागिएको र छिटै प्राप्त हुने विश्वास गरिएको बताए । साथै यसअघिको ९ किलो सुन तस्करीमा संलग्न रहेका र प्रहरी हिरासतमा रहेका कर्मचारीहरूको पनि कल डिटेल्सको बारेमा अख्तियारले छानबिन थालेको छ । ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेका कर्मचारी सन्तोष श्रेष्ठमाथि छानबिन थालिएको हो । यसै गरी ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्का माथिसमेत अख्तियारले छानबिन थालेको छ ।

अख्तियारको विस्तृत छानबिनका परेकाहरू :
१. झलकराम अधिकारी – तत्कालीन महानिर्देशक अध्यागमन विभाग
२. सन्तोष चन्द – भन्सार अधिकृत
३. कुमार ढकाल – खरिदार
४.सन्तोष श्रेष्ठ – एक्सरेका कर्मचारी
५.रेवन्त खड्का – नायब सुब्बा

अख्तियारले सुन तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीसहितका कर्मचारीमाथि विस्तृत अनुसन्धान थालेको हो । स्रोतका अनुसार अख्तियारले तत्कालीन महानिर्देशक अधिकारीले दावासँग गरेका विभिन्न व्यावसायिक डिल तथा अन्य आर्थिक कनेक्सनका बारेमा समेत गहिरो गरी छानबिन गरिरहेको छ ।

सुन तस्करीका प्रमुख योजनाकार मानिएका दावा छिरिङ गत १५ साउनमा पक्राउ परेका थिए । पक्राउ परेका उनको कल डिटेल्स र अन्य इलेक्ट्रिक डिभाइसका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन र छानबिन गर्दै आइरहेको छ । यसै क्रममा केही दिनअघि मात्रै सीआईबीका अनुसन्धान अधिकृतहरूले दावा र अधिकारीबीच पटकपटक विच्याटमा कुराकानी हुने गरेको र सो क्रममा व्यापारिक डिलसमेत हुने गरेको फेला पारेका थिए । सुन तस्कर दावासँग सेटिङ गरेका विभिन्न प्रमाणहरू फेला पार्दा पनि सीआईबीले अधिकारीलाई पक्राउ गरी कारबाही गर्न सकेको छैन ।

पछिल्लो समय ६१ किलो सुन तस्करी र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप) मार्फत गरिएको ९ किलो सुन तस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीमाथि अख्तियारले एकै पटक विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । अख्तियारले अधिकारीलगायतका सुन तस्करीमा मुछिएका कर्मचारीको सम्पतिका बारेमा समेत अनुसन्धान गरिरहेको जनाइएको छ ।
६० किलो सुनतस्करी प्रकरणका मुख्य योजनाकार मानिएका दावा छिरिङ सँग गहिरो कनेक्सन देखिएपछि गृह मन्त्रालयले अधिकारीलाई विभागको महानिर्देशकबाट हटाएर मन्त्रालयकै अतिरित्त शाखामा राख्दै आएको छ । तर, अधिकारी मन्त्रालयमा हाजिर हुनुभएको छैन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अधिकारी र दावाबीच लामो समयदेखि विच्याटमा विभिन्न धन्दाका बारेमा कुराकानी हुने गरेको, अधिकारीले दावालाई सहयोग गरेको र सोबापत दावाले ठूलै आर्थिक सहयोग गरेको विषय फेला पारे पनि यससम्बन्धी छानबिनलाई तदारुकता दिन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!