०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

अख्तियारको कर्मचारी भन्दै पसलबाट रकम ठगी गर्ने दुई जना पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र १९, २०८०

(ABC-Sanchar)
जनकपुर । गत भदौ ११ गतेदेखि १५ गतेसम्म जनकपुरका विभिन्न ७ वटा पसलहरूमा गएर धम्की दिएर पैसा असुलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेमा हंसपुर नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३७ का अनिल सिंह र ३२ वर्षीय राहुल सिंह रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

‘हामी अख्तियारका कर्मचारी हौं‌, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौं, तपाईंको पसल सिल गर्छौं भन्दै धम्की दिएर नगद रुपैयाँ असुल गर्दै हिँडेपछि जनकपुरको भ्रमपुरा चोकबाट उनीहरूलाई पक्राउ गरेका हौं,’ उनले भने।

उनीहरूले प्रयोग गरेको भारतीय नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुबै जनाविरूद्ध ठगी कसूर शीर्षक मुद्धामा पाँच दिन म्याद लिई थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!