
(सागर थापा)
दाङ । तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं १०३२ मिति २०८०।०५।१५ गतेको पत्र आदेशले साविक जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल, काठमाण्डौ
सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक डिएसपी मुकुन्द प्रसाद रिजाललाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले एक कार्यक्रमको आयोजना गरी सम्पूर्ण अर्घाखाँची प्रहरी कर्मचारीले बिदाई तथा फेरी भेटौला कार्यक्रम गरेको छ्न ।