
(ABC-Sanchar)
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नुवाकोटको विदुर नगरपालिकाका श्यामबाबु सापकोटालाई खुकुरीसहित पक्राउ गरिएको हो ।
बुधवार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भई निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।