०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

लमजुङमा सुनका गहना चोरी गरेको आरोपमा एकजना युवती पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र २०, २०८०


ABC (क्राईमबिट)
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले २७ वर्षीया युवतीलाई गहना चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए।

बेशीसहर नगरपालिका-७ की सुजा घिमिरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सोमबार जिल्ला अदालत लमजुङबाट पाँच दिन म्याद लिई घिमिरेमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरी निरीक्षक सुवेदीका अनुसार उनीमाथि दुई वटा चोरी गरेको कसुर आरोप छ।

गत वैशाख २५ गते वडा ७ क्याम्पस रोडस्थित जमुना रिमालको घरबाट सुनका गरगहना चोरी भएको थियो। जमुना र सुजा साथीहरू हुन्। प्रहरीका अनुसार सुजा एक गैरसरकारी संस्थामा काम गर्थिन्। उक्त संस्थाको कार्यालय जमुनाको घरमा थियो।

घरबाट ठूलो परिमाणमा चोरी भए पनि जमुनाले प्रहरीलाई खबर गरेकी थिइनन्। चोरी भइसकेको सामान फिर्ता पाउने सम्भावना न्यून रहेको भन्दै परिवारले प्रहरीलाई खबर गरेका थिएनन्।

तर साउन ३० गते बेशीसहरमै अर्को चोरी भयो। वडा नम्बर ७ कै न्यू इरा बोर्डिङ स्कुल नजिकै रहेको बालकुमारी घिमिरेको घरबाट पनि गरगहना चोरी भएको थियो।

उक्त चोरीबारे भने हल्लाखल्ला भयो। त्यसपछि सुजाले आफ्नो पनि सुन चोरी भएको भन्दै जमुनासँग झुटो कुराकानी गरेकी थिइन्।

‘अर्को चोरी पनि भएपछि पक्राउ परेकी युवतीले जमुनासँग आफ्नो पनि गहना हराएको भनेकी रहेछन्,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘यसरी उनीहरू दुबैले प्रहरीमा जानुपर्छ भनेर भदौ १ गतेतिर चोरी भएको भनेर निवेदन दिए।’

निवेदन दिएयता प्रहरीले गहना चोरीका घटनालाई एकै ठाउँमा राखेर अनुसन्धान अघि बढाएको थियो।

‘दुबै चोरीका घटनामा सबै सजिलोसँगै चोरी भएकोजस्तो देखियो। कतै पनि तोडफोड गरेको देखिएन। त्यसो भएपछि हामीले गहना चोरी भएको घटनाको कनेक्सन निकालेर अनुसन्धान गर्दै थियौं,’ उनले भने।

जमुना र बालकुमारीको घरबाट करिब २३ तोला सुन बराबरको गहना चोरी भएको थियो। अनुसन्धानको क्रममा प्रहरीले दुई वटा घटनाको कनेक्सन सुजासँग भएको पत्ता लगायो। बालकुमारीकी छोरी सुजाकी साथी हुन्। जो अमेरिकामा बस्थिन्। घर परिवारसँग राम्रो चिनजान भएकाले उनी उक्त घरमा आउजाउ गर्थिन्।

साउन ३० गते चोरी भएको दिनमा सुजाले बालकुमारीलाई सम्पर्क गरेको भेटिएपछि प्रहरीलाई उनीमाथि शंका लागेको थियो।

प्रहरीले सुजासँग सोधपुछ गर्दा गमलामा लगाउन मल लिन पुगेको हुँदा फोन गरेको प्रहरीलाई बताएकी थिइन्। यसैबीच सुजाले नेपाल बैंक लिमिटेडबाट ऋण लिएको खुल्यो। चोरी गरिएको सुन धितोमा राखेर ऋण लिएको थाहा भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

‘गोल्ड लोन भनेर लिएको पायौं। चोरी भएको करिब ३ तोला सुन धितो राखेर एक लाख ८० हजार जति लोन लिएपछि पक्राउ गरेका हौं,’ उनले भने।

बैंकले पनि कुनै बिलबिना नै उक्त सुन धितो राखेर ऋण दिएको पाइएको छ। यसरी बिलबिना नै सुन धितो राख्ने भएपछि अन्य चोरी गरिएका सामानहरू पनि त्यसैगरी दुरूपयोग हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन्।

यसरी बैंकमा राखेको भेटिएपछि प्रहरीले उनको कोठामा पनि तलासी लिएको थियो। जहाँबाट बाँकी चोरिएका गहना बरामद भएको थियो।

एउटा रानीहार, दुइटा बाला, चार वटा औंठी, सिक्री, मिनिहार, टप, लगायत गहनाहरू बरामद भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!