
ABC (क्राईमबिट)
सर्लाही । आफ्नाे मातहतको सिमा प्रहरी चाैकी सगरामपुरमा इन्चार्ज पठाउँदा नियम विपरित नपठाउने अडान लिएका एसपी सुवेदीको सोचलाई विचाैलिया खानले धोती लगाइदिएका छन् ।
प्राप्त समाचार अनुसार जिल्लाभर मै मालदार मानिने दरबन्दी हटाएर बेसिक पनि नगरेको असईलाई इन्चार्ज बनाएर पठाउन खान सफल भएका हुन् । म्याग्दी सरुवा भएर पनि प्रदेश कार्यालयको प्रशासन शाखामा बसेर आन्तरिक सरुवामा राईदाई गरेका इन्स्पेक्टर अशोक झा मार्फत डिआइजी कहाँ नजराना पुर्याउन सफल विचाैलिया नविन खान असई मनोज यादवलाई उक्त चाैकीमा लैजान सफल भएका छन् ।
काठमाडाैंमा रंगेहात अख्तियारको पञ्जामा परेर जेल समेत बसेका यादव तस्करसँग राम्रै हिमचिम भएका कारण सगरामपुर लैजान विचाैलिया लागि परेका हुन् । स्मरण रहोस सोमेन्द्र सिंह राठाैर सर्लाहीको प्रमुख हुँदा त्रिभुवन नगर प्रहरी चाैकीका सइलाई तानेर असइलाई पठाएपछि तत्कालिन आइजिपी शैलेश थापा क्षेत्रीले तुरुन्तै हटाएका थिए ।
बेसिक तालिमसम्म नगरेका असई मनोज यादवलाई चाैकीमा लैजान डिआइजी आफै सकृय हुनुका पछाडि उक्त चाैकीमा मासिक चारलाख उठने कारण प्रमुख भएको बताइन्छ ।रिपोर्ट नेपाल