बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको प्रदेशका मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा छ ।
चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङ बताउँछन् ।