२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गृहमन्त्रालयले केही सिडियोसहित १० जना उपसचिवहरूको सरुवा

Logo
प्रकाशित शुक्रबार, भाद्र २२, २०८०

(ABC-Sanchar)
काठमाडौं । गृहमन्त्रालयले शुक्रवार मातहतका सिडिओसहित उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार उपसचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारी बनाई पठाएको छ । यसै गरी त्यहाँकी प्रजिअ प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय भोजपुरको सप्रजिअमा सरुवा गर्दै गृहमा काजमा ल्याइएको छ । यसै गरी धनकुटाका सप्रजिअ अञ्जन न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय डडेलधुराको प्रजिअ, इलाका प्रहरी कार्यालय सिमराका जनकराज पन्तलाई मुस्ताङको प्रजिअ, पर्साका सप्रजिअ भिमकान्त पौडेललाई बाजुराको प्रजिअ र जिल्ला प्रशासन कार्यालय डडेलधुराका प्रजिअ विश्वराज न्यौपानेलाई जिल्ला प्रशासन पाँचथरको सप्रजिअमा सरुवा गर्दै गृहमा काज गरिएको छ ।

त्यस्तै उपसचिव ज्ञाननाथ ढकाललाई इलाका प्रशासन फर्पिङमा पदस्थापन गरिएको छ भने इलाका प्रशासन चन्द्रनिगाहपुरका सप्रजिअ झरेन्द्र प्रसाद चापागाईँलाई जिल्ला प्रशासन मकवानपुरको सहायक प्रजिअ, मकवानपुरका सप्रजिअ नेत्र प्रसाद शर्मालाई इलाका चन्द्रनिगाहपुर र मुस्ताङका प्रजिअ अनुप के.सी.लाई सप्रजिअ रौतहटमा सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]