०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

नेपाल औषधि व्यवसायी संघको १४ औँ अधिवेशन पर्साको बिरगंजमा उद्घाटन

Logo
प्रकाशित शनिबार, भाद्र २३, २०८०

(ABC-Sanchar)
पर्सा । वीरगञ्जमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को १४औँ राष्ट्रिय अधिवेशन सुरु भएको छ ।संघ स्थापनाको पचासौँ वर्षको अवसरमा स्वर्ण महोत्सव सहित यसपटकको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।वीरगञ्जस्थित टाउन हलमा विहान साढे १० बजे देखि सुरु भएको अधिवेशनको उद्घाटनका उपराष्ट्रपति रामसहायप्रसाद यादव गरेका छन ।एनसीडीएका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार झण्डै तीन घण्टामा उद्घाटन सत्र सकेपछि बन्द सत्र सुरु हुने छ। आज अपरान्ह पाँच बजेपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ ।

प्रमुख अतिथि रहेका उपराष्ट्रपति रामसहाय यादवले आज को अधिबेशन कार्यक्रम मा आफ्नो मन्तव्य राख्दै अब चुनिएर आउने सम्पुर्ण कमिटी का प्रतिनिधिहरु लाई बधाई तथा अगामी दिन को शुभकामना दिएका थिए ।

त्यस्तै उद्घाटन अधिबेशनमा नेपाल उद्योग वाणिज्य संघका सदस्य डा.सुबोध गुप्ताले नेपाल औषधि ब्यवसायी संघको १४ औ अधिबेशन बिरगंजमा हुनु भनेको बिरगंज बासीको लागि गौरवको कुरा रहेको बताए ।नया चुनिने पदाधिकारीलाई शुभकामनाको मन्तव्य दिदै आउने समितिका ब्यक्तीहरु ले नया जोश जागरले काम गर्नु हुने छ भने कामना गरेका थिए । त्यस्तै उनले हालका अध्यक्ष रहेको मृगेन्द्रमान श्रेष्ठले गरेका कार्यको प्रशन्सा गर्दै उहाले औषधि ब्यवसायी संघको लागि जुन योगदान दिनु भएको छ एकदम सर्हानिय रहेको बताए ।

यसैबीच यसपटकको अधिवेशनबाट एनसीडीएको नेतृत्व सम्हाल्न हाल बरिष्ठ उपाध्यक्ष रहेका वीरगञ्जका व्यवसायी  प्रकाशकुमार खण्डेलवाल र बुटवलका व्यवसायी लोकहरि श्रेष्ठ चुनावी मैदानमा ओर्लिएका छन्। दुबै जनाले एनसीडीएको अध्यक्ष आफू बनेमा संस्थागत विकास हुने दावी गरेका छन् ।

अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका खण्डेलवालले आफूसंग एनसीडीएको कार्यकारिणीको सदस्य,सह कोषाध्यक्ष,उपाध्यक्ष आयात र बरिष्ठ उपाध्यक्ष भएर काम गरेको अनुभव भएको बताउँछन् । औषधि क्षेत्रमा आफ्नो चार पुस्ताको आवद्धता रहेको र ६५ वर्ष देखि औषधि व्यवसायमा लागेकोले यस क्षेत्रलाई नजिकबाट बुझेको बताउँछन्।

उता व्यवसायी श्रेष्ठ लुम्बिनीबाट सदस्य हुँदै तत्कालिन समयमा लुम्बिनी अञ्चलको सह कोषाध्यक्ष, कोषाध्यक्ष र उपाध्यक्ष भएका थिए । केन्द्रमा एक कार्यकाल थोक तर्फको उपाध्यक्ष भएका थिए । अघिल्लो अधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेद्धारी दिए पनि पराजित भएका थिए । तर उनले आफूसंग एनसीडीएमा अढाई दशक भन्दा बढी देखि आवद्ध भई काम गरेको अनुभव भएको बताउँछन् ।

त्यस्तै संघका केन्द्रीय पदाधिकारी, सातै प्रदेशका अध्यक्ष, जिल्ला अध्यक्ष लगायत प्रत्येक जिल्लाबाट तीनतीन जनाको प्रतिनिधि र पर्यवेक्षक गरि २१० जनाको अधिवेशन प्रतिनिधिको रूपमा सहभागीता रहेको संघका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!