०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

डिआईजी सिंहको प्रमूख आतिथ्यतामा मार्चपास तथा खेलकुद कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, भाद्र २३, २०८०

ABC (क्राईमबिट)

चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरमा भाद्र २० गते देखि सञ्चालित “प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७८ औं” समूहको प्रशिक्षणको दौरान नवप्रवर्तनिय कार्यक्रम अन्तरगत सञ्चालन गरिएको “ASI BASIC 2-178 BATCH SPORTS MEET 2080″ मिति २०८० साल भदौ २१ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको प्रमूख आतिथ्यतामा मार्चपास तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।


प्रशिक्षण अवधिभर सञ्चालित भलिबल, फुटबल, बास्केटबल, सट पुट, लङ् जम्प, हाई जम्प, १०० मिटर दौड (पुरूष तथा महिला), ४०० मिटर रिले दौड लगायतका खेलकुदका विजेता खेलाडीहरूलाई प्रमूख अतिथीज्यूले मेडल वितरण गर्नु भई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको थियो ।

निर्देशन सम्बोधनको क्रममा खेलकुदले अनुशासन, सामुहिक भावना, स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउने भएकाले आगामी दिनमा आइपर्ने चुनौतीहरूलाई सामना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भई विजेता खेलाडीहरूलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!