२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आईजिपी कुँवरसहित २ एआईजी राई र चौधरी प्रहरी अधिकारी कोरिया भ्रमणमा जाँदै

Logo
प्रकाशित शनिबार, भाद्र २३, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् । प्रहरीका महानिरीक्षक कुँवरको नेतृत्वमा उच्च प्रहरी अधिकारीसहित कोरिया भ्रमणमा जान लागेका हुन् ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को निमन्त्रणामा प्रहरी टोली साइबर सुरक्षाको विषयमा बुझ्न साताव्यापी भ्रमणमा जान लागेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

महानिरीक्षक कुवँर नेतृत्वको टोलीमा एआइजीद्वय टेकप्रसाद राई र मीरा चौधरी, डिआइजीद्वय विकाराज खनाल र फणिन्द्र बराल, एसएसपीद्वय भूपेन्द्रबहादुर खत्री र नवीन्द्र अर्याल रहने जनाईएको छ । साथै, सो भ्रमण टोलीमा गृह मन्त्रालयका केही कर्मचारी पनि समावेश हुनेछन् ।

कोइकाले नेपाल प्रहरीको साइबर ब्युरोको भवन बनाउने प्रक्रिया अघि बढाईरहेको बेला यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । कोरियाले साइबर सुरक्षालगायतका विषयमा गर्दै आएको कामको विषयमा जानकारी गराउने र सो भ्रमण पछि नेपालले लिने फाईदा बेफाइदका बारेमा जानकारी हासिल गरिने प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]