०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

पोखरा अवतरण भएको पहिलो अन्तर्राष्ट्रिय जहाँज ४२ यात्रुसहित भुटान उडान

Logo
प्रकाशित शनिबार, भाद्र २३, २०८०

(ABC-Sanchar)

पोखरा । भुटानको पारो विमानस्थलबाट शनिबार विहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६:४० मा ल्यान्ड भयो। १५० सिट क्षमता भएको उक्त जहाजमा जम्मा ३ जना यात्रु आएको पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले बताए।

‘आज पोखरा अवतरण भएको ड्रुक एयरको विमानमा ३ जना यात्रु थिए, यहाँबाट ४२ जना गए, उनले भने, ‘यो पोखरा अवतरण भएको पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान हो।’

भुटानबाट नेपाल आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १/१ जना थिए। पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका छन्।

भुटानबाट चार्टर उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएको उनले बताए। नेपाल नगारिक उड्यन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैया र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एयरले तिरेको कर्णले बताए।

उनका अनुसार पोखरा अवतरण गराएको ड्रुक एयरका पाइलट भुटानको वरिष्ठ पाइलट हुन्। जहाज ल्याण्डिङ गर्दापनि कुनै समस्या नभएको उनले बताए।

‘उहाँले पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गरेपछि ‘बेष्ट’ भन्नुभयो,’ कर्णले भने।

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न पोखरामा पर्यटक आगमन बढाउनुपर्नेमा कर्णले जोड दिए। पर्यटकीय गतिविधि बढाउनुपर्ने र नियमित पोखरा आउजाउ गर्ने यात्रु बढ्दा मात्र नियमित अन्तर्राष्ट्रिय उडान हुन सक्ने उनले बताए।

भुटानबाट पोखरा आएका पर्यटकलाई पोखरा पर्यटन परिषदले एयरपोर्टमा स्वागत गरेको थियो। पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको सुरूवात नेपाल एयरलायन्सले गर्नुपर्ने परिषदको अध्यक्ष पोमनारण श्रेष्ठले बताए।

‘पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट चल्छ भनेर हामीले धेरै लगानी गरेका छौं, यसलाई चलाउनुपर्छ,’ उनले भने, ‘नेपाल एयरलायन्सले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरोस्।’

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न विभिन्न देशसँग कुटनीतिक पहल भइरहेको बताए।

नेपाल सरकारले भारत र चीनसँग कुटनीतिक पहल गरिरहेको भन्दै उनले पोखरामा पर्यटकीय गतिविधि बढाउन आफुहरु गम्भिर रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!