२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पत्रकार र विद्यार्थीहरुका लागि विधागत पत्रकारिता पुस्तक सार्वजनिक

Logo
प्रकाशित शनिबार, भाद्र २३, २०८०


(ABC-Sanchar)
काठमाडौं । समाजमा पत्रकारहरुलाई सर्वज्ञानी ठान्नेको सङ्ख्या ठूलो छ । त्यसैले पनि ‘पत्रकार भएपछि यति त थाहा हुनुपर्‍यो नि’, भन्ने सोचको हावी कैयनमा छ । तर पत्रकार भएकै भरमा सबै जान्नुपर्छ भन्ने जरुरी पनि छैन । तर यसो भन्दै गर्दा पनि पत्रकार सबै क्षेत्रबारे केही न केही जानकार भने हुनैपर्छ र पत्रकारलाई सबैजसो क्षेत्रको कम्तीमा आधारभूत ज्ञान वा जानकारी हुन जरुरी हुन्छ ।

सबै क्षेत्रको ज्ञान भए पनि कुनै एक विधामा भने पत्रकार दक्ष या विज्ञ हुनुपर्छ भन्ने मान्यता रहिआएको छ किनभने कुनै एक वा दुई विधामा पोख्त हुने हो भने त्यस्ता पत्रकारले लेख्ने समाचार तुलनात्मकरूपमा सही र तथ्यपरक हुन्छ भन्ने अपेक्षा बढी गर्न सकिन्छ । त्यसैले पनि पत्रकारिता जगत्मा विधागत पत्रकारिता अर्थात कुनै एक विधामा केन्द्रित भएर गरिने पत्रकारिता गर्ने पत्रकारको सङ्ख्या बढ्दो छ । त्यसैले पहिलेको पत्रकारितामा पत्रकारले सबथोकको सतही ज्ञान हुन्छ तर कुनै विषयमा पनि विज्ञता हासिल गरेका हुँदैनन् भन्ने गरिएकामा अहिले भने पत्रकारहरूले सबथोकको ज्ञान राख्छन् र कुनै एक विषयमा विज्ञ हुन्छन् पनि भन्न थालिएको छ ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय सञ्चार रजिष्ट्रारको कार्यालयले हालै प्रकाशन गरेको ‘विधागत पत्रकारिता हाते पुस्तक’ पनि यसैमा केन्द्रित छ । चार सय २५ पृष्ठको यस हाते पुस्तकमा पत्रकारिता क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका २० जना लेखकले विधागत पत्रकारिता के हो भन्ने विषयमा आधारभूत जानकारीसँगै आ–आफ्ना परिष्कृत ज्ञान समेट्नेछन् । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, सक्रिय पत्रकार तथा सञ्चारकर्मी, अध्येता तथा विशेषज्ञलाई लक्षित गरी तयार पारिएको हाते पुस्तकमा चलनचल्तीका अधिकांश विधागत पत्रकारितालाई समेट्ने प्रयास गरिएको छ ।नेपाली पत्रकारिता ‘विधागत पत्रकारिता’ बाटै सुुरुआत भएको पाइन्छ । पछिल्लो समय सञ्चारमाध्यमको बढ्दो सङ्ख्यासँगै विधागत पत्रकारिताले पनि फस्टाउने मौका पाएको छ । सञ्चारमाध्यम पनि विधागत पत्रकारिताअनुसारनै सञ्चालन हुन थालेका छन् । जसमा आर्थिक, वातावरण, स्वास्थ्य, प्रविधि, अपराधलगायतका पत्रकारिता लक्षित सञ्चारमाध्यम सञ्चालन भइरहेका छन् ।

विधागत पत्रकारिताको क्षेत्र फराकिलो भए पनि नेपालमा भूगोलका हिसाबले काठमाडौं उपत्यकामा मात्रै सीमित भएको देखिन्छ । काठमाडौँ उपत्यका बाहिरका पत्रकारको हकमा सबै विधामा समाचार लेख्नुपर्ने बाध्यताका बीच यस हाते पुस्तकमा लेखकहरूले पत्रकारले विधागत पत्रकारितालाई कसरी अगाडि बढाउने भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छन् ।

हाते पुस्तकमा लेखक तथा पत्रकारले आआफ्नो विधागत पत्रकारिताको महत्त्व, अनुभव, उक्त क्षेत्रसँग सम्बन्धित आधारभूत ज्ञान, समाचार सङ्कलन तथा लेखन सीप, स्रोतको पहिचान, विविधता, सम्बन्धित विधासँग जोडिने शब्दको चयन र प्रयोग तथा चुनौतीलगायत विषयमा सहज भाषामा बुझाउने प्रयास गरेका छन् । साथै विधागत पत्रकारिता गर्न चाहनेका लागि यसको विधि, प्रक्रिया, न्यूनतम आधारभूत ज्ञान, सन्दर्भ सामग्री, शब्दावली चयनलाई पनि मिहिन ढङ्गले प्रकाश पारेका छन् ।

खासगरी विधागत पत्रकारितामा पाइला चाल्ने क्रममा रहेका पत्रकार र सक्रिय पत्रकारितामा संलग्नलाई विधागत पत्रकारितालाई अझ परिष्कृत बनाउनका लागि सूचना सङ्कलनदेखि समाचार लेखनमा सहयोगी हुने गरी लेखकहरूले जोड दिएका छन् । साथै सम्बन्धित विधागत पत्रकारिता मुलुक, समाजका लागि किन महत्त्वपूर्ण छ रु साथै सामाजिक उत्तरदायित्वअन्तर्गत पत्रकारको जिम्मेवारी र भूमिका, आचारसहिंता पनि पुस्तकमा समेटिएको छ ।नेपाली पत्रकारिता ‘विधागत पत्रकारिता’ बाटै सुुरुआत भएको पाइन्छ । पछिल्लो समय सञ्चारमाध्यमको बढ्दो सङ्ख्यासँगै विधागत पत्रकारिताले पनि फस्टाउने मौका पाएको छ । सञ्चारमाध्यम पनि विधागत पत्रकारिताअनुसारनै सञ्चालन हुन थालेका छन् । जसमा आर्थिक, वातावरण, स्वास्थ्य, प्रविधि, अपराधलगायतका पत्रकारिता लक्षित सञ्चारमाध्यम सञ्चालन भइरहेका छन् ।

विधागत पत्रकारिताको क्षेत्र फराकिलो भए पनि नेपालमा भूगोलका हिसाबले काठमाडौं उपत्यकामा मात्रै सीमित भएको देखिन्छ । काठमाडौँ उपत्यका बाहिरका पत्रकारको हकमा सबै विधामा समाचार लेख्नुपर्ने बाध्यताका बीच यस हाते पुस्तकमा लेखकहरूले पत्रकारले विधागत पत्रकारितालाई कसरी अगाडि बढाउने भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छन् ।

हाते पुस्तकमा लेखक तथा पत्रकारले आआफ्नो विधागत पत्रकारिताको महत्त्व, अनुभव, उक्त क्षेत्रसँग सम्बन्धित आधारभूत ज्ञान, समाचार सङ्कलन तथा लेखन सीप, स्रोतको पहिचान, विविधता, सम्बन्धित विधासँग जोडिने शब्दको चयन र प्रयोग तथा चुनौतीलगायत विषयमा सहज भाषामा बुझाउने प्रयास गरेका छन् । साथै विधागत पत्रकारिता गर्न चाहनेका लागि यसको विधि, प्रक्रिया, न्यूनतम आधारभूत ज्ञान, सन्दर्भ सामग्री, शब्दावली चयनलाई पनि मिहिन ढङ्गले प्रकाश पारेका छन् ।

खासगरी विधागत पत्रकारितामा पाइला चाल्ने क्रममा रहेका पत्रकार र सक्रिय पत्रकारितामा संलग्नलाई विधागत पत्रकारितालाई अझ परिष्कृत बनाउनका लागि सूचना सङ्कलनदेखि समाचार लेखनमा सहयोगी हुने गरी लेखकहरूले जोड दिएका छन् । साथै सम्बन्धित विधागत पत्रकारिता मुलुक, समाजका लागि किन महत्त्वपूर्ण छ रु साथै सामाजिक उत्तरदायित्वअन्तर्गत पत्रकारको जिम्मेवारी र भूमिका, आचारसहिंता पनि पुस्तकमा समेटिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]