०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

ताप्लेजुङका डिएसपी राजन लिम्बुलाई नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले ज्यान मार्ने धम्की

Logo
प्रकाशित आइतबार, भाद्र २४, २०८०


ABC (क्राईमबिट)
ताप्लेजुङ् । कांग्रेस नेता एवं कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङगामले ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूलाई मार्ने सार्वजनिक रुपमै धम्की दिएका हुन्।

यतिमात्र होइन, उनले डिएसपीको परिवारै सखाप पार्ने धम्की दिएका छन्। उनले कांग्रेसनिकट तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार ताप्लेजुङ प्रहरीविरुद्ध गरेको प्रदर्शन कार्यक्रमका क्रममा डीएसपी लिम्बूसहित उनको परिवारका सबै सदस्य मार्ने धम्की दिए।

बिहीबार राति कोशी प्रदेशका प्रदेशसभा सदस्य हाङगामलाई प्रहरीबाटै आक्रमण भएको भन्दै तरुण दल र नेविसंघले शुक्रबार सुरक्षा निकायविरुद्ध प्रदर्शन गरेका थिए। यसपछि भएको खुला सभामा प्रदेश सांसद हाङगामले डीएसपीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका हुन्।

‘अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस् ? कहाँ लुक्छस् ? के खान्छस् ? कस्तो लुगा लाउँछस् ? तेरो बाउ आमा कहाँ छ ? तेरो छोराछोरी कहाँ छ’, सार्वजनिक भिडिओमा उनले भनेका छन्, ‘त्यो पनि पत्ता लाएर हामी मार्छौं।’

यस्तो छ उनको हिंसात्मक अभिव्यक्ति

तेरो बर्दी खोल्न पनि हामी तयार छौँ। अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्? कहाँ लुक्छस्? के खान्छस्? कस्तो लुगा लाउँछस्? तेरो बाउआमा कहाँ छ? तेरो छोराछोरी कहाँ छ? त्यो पनि पत्ता लाएर हामी मार्छौं। पानीमुनि लुकोस् कि पानीमाथि, खबरदार! सक्छस् भने यहीँ आइज। लड्न आइजो, यहीँ आइजो। म लुगा खोल्न तयार छु तँसँग, आइज। यहाँ आइज, खेल्न सक्छस् भने आइज। तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस्? तँलाई म ३० सेकेन्ड राख्दिनँ बाँकी। याद राख् तँलाई। यो पनि खोल्, तेरो बर्दी खोल्। मजस्तो राजनीतिक भेला गर्न आइज। तिमी राजनीतिक बहस गर्छौ कि जनताको सेवा गर्छौ कि? देश विकास गर्छौ कि समृद्धिको विकास गर्छौ? वाकयुद्ध गरौँ। होइन भने मुठभेड पनि गरौँ तँ डीएसपीसँग। हेरौँला तँ डीएसपीलाई। तेरो रागतमा पनि रातै रगत बगेको छ, यहाँ सारा हाम्रो रगतमा पनि रातै रगत बगेको छ। तर राजनीतिकको एउटा उखरमाउलो तातिएको बेला हामी मान्छे मार्न पनि डराउँदैनौँ, मृत्युसँग पनि डराउँदैनौँ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!